सन् २०१९ भित्र मेरो स्वयम्बर हुन्छ : कोमल वली



 

काठमाडौं– राष्ट्रियसभा सदस्य एवं गायिका कोमल वलीले सन् २०१९ भित्रै स्वयम्बर हुने बताएकी छिन्। मंगलबार रिपोर्टर्स क्लबमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले भनिन्, ‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या हो? २०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ। मेरो पनि यही साल स्वयम्बर हुन्छ।’ सांसदले यसो भनिरहँदा उपस्थितिका तर्फबाट शुभकामना र तालि बजेको थियो।

 

सांसद वलीले हिन्दू धर्म वैज्ञानिक रहेको बताएकी छिन्। उनले भनिन्, ‘हाम्रो हिन्दू धर्म विज्ञानभन्दा पनि अगाडि छ। हाम्रो संस्कृति, हिन्दू धर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ, हामी नेपाली हिन्दू महिलाहरु मंगलबार बर्त बस्छौं, हिन्दू परम्पराले शरीरलाई स्वस्थ र मजबुद बनाउँछ भन्ने छ, हालै नोबेल पुरस्कार विजेताहरुले गरेको व्यापक अनुसन्धानले १५÷१५ दिनमा एकचोटी भोको बस्दा शरीरलाई फाइदा हुने विश्वलाई जानकारी दिए, तर हाम्रो देशमा त यो प्रक्रिया धेरै लामो समयदेखि चल्दै आएको कुरा हो नि।’

 

आज टोपी दिवस परेको सुनाउँदै उनले आफ्नो संस्कारलाई बचाई राख्नको लागि सबैले प्रयास थाल्नुपर्ने बताइन्। उनले भनिन्, ‘हिन्दू धर्मको मान्यताअनुसार जोडिएका सम्बन्धहरु सहजै टुट्न गाह्रो हुन्छ, यज्ञ र मण्डपमा अग्निसामु हिन्दू कर्मकाण्डबाट विवाह गरिन्छ, आजकै दिन माइस्वयम्बर डटकम उद्घाटन गर्नुपर्यो।’

 

सांसद वलीले नेपाली हिन्दुहरु उदार भएकाले विश्वका संस्कृतिलाई सहजै स्वीकार गर्न सकेको बताइन। उनले भनिन्, ‘हामी नेपालीहरु उदार छौं, हाम्रो मन विशाल छ, त्यसैले क्रिसमसमा रमाउँछौं, दशैं मनाउँछौं, आज अंग्रेजी नयाँ वर्ष हो, विश्वसँग नेपालीहरु जोडिएका छन् भन्ने सन्देश त हो। तर, हाम्रो नयाँ वर्षलाई कसले मान्छ र? अरु कसैले त मान्दैन, तर अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीले दशैंको अवसरमा शुभकामना दिएका थिए, त्यो सकारात्मक छ।’

 

त्यस्तै कार्यक्रमका सभापति तथा माइस्वयम्बर डटकमका नेपाल संयोजक मुकुन्द शर्माले नेपाली संस्कृति र पहिचान विश्वकै उत्कृष्ट तथा वैज्ञानिक भएको दाबी गरे।

 

आफूहरुले मंगलबार उद्घाटन गरिएको ‘अनलाइन–पोर्टल’ नेपाली हिन्दूहरुको विवाहलाई लक्षित गरेको पनि उनले सुनाए। उनले थपे, ‘वैद्धिक परम्परा जगेर्ना गर्नुका साथै जीवनयापनका क्रममा आईपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउने, सुखमय दाम्पत्य जीवनलाई सहज बनाउने, ज्योतिषी परामर्श दिने, वास्तु परामर्श तथा विभिन्न धार्मिक कर्मकाण्ड गर्न सहयोग पु-याउने यसको मुख्य उद्देश्य हो।’

 

मेरो स्वयम्बरमार्फत विवाह गर्न चाहने विश्वभरी छरिएका नेपालीहरुको वैद्धिक सनातनी परम्पराको निरन्तरता कायम राख्दै आफ्नो आर्थिक अनुकुलतामा धार्मिक, सामाजिक, साँस्कृतिक रितिरिवाज र परम्पराकासाथै आफ्नो चाहनाअनुसारको योग्य वर वा बधुलाई मिलनका लागि उपयुक्त प्लेटफर्म तयार गरी मिलन गराउनुनै संस्थाको उद्देश्य भएको उनको भनाई छ।

उनले विश्वभरी छरिएर रहेका नेपाली गुरु, पुरोहित र हिन्दू धर्मका अभियन्ताहरुको संयुक्त पहलमा यो सुरु गरिएको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको