निर्मला पन्तको घटना आश्चर्यजनक छ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटना आश्चर्यजनक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताएका हुन् ।

 

‘प्रहरीले सुरुमा केही गल्तीहरु गरेको देखिन्छ । प्रहरीले त्यो गल्ती किन गर्‍यो भनेर प्रहरीकै एक पछि अर्को टिम, गुप्तचरहरुसमेत पठाएर अनुसन्धान भइरहेको छ । पछिल्लो समयमा एआईजीको तहबाट अनुसन्धान गरेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘तर अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको छ । केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन ।’

 

नेपाल प्रहरी आम रुपमा अपराध अनुसन्धानमा सक्षम भए पनि निर्मला पन्तको घटनामा भने अपराधी पत्ता नलाग्नु दुखद भएको उनको भनाइ छ ।

 

‘नेपाल प्रहरी आम रुपमा अपराध अनुसन्धान गर्न, अपराधी पत्ता लगाउन, कारबाही गर्न सक्षम छ । ९५ प्रतिशतभन्दा बढी अपराध पत्ता लागेका छन्’ प्रधानमन्त्रीले भने, ‘यस बीचमा भएका यसै प्रकारका घटनामा आम रुपमा पत्ता लागेका छन् । बलात्कारका घटना, बलात्कारपछिका घटनाहरु प्रहरीले पत्ता लगाएको छ । तर दुखलाग्दो कुरा आश्चर्यजनक कुरा निर्मला पन्तको यथार्थ अन्तिम रुपमा टुंगो लाग्न सकेको छैन । यो दुखद पक्ष हो ।’

 

प्रधानमन्त्री ओलीले निर्मला पन्तको घटनामा प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न नपाएको पनि जिकिर गरे । ‘यस घटनाको छानबिन गर्ने संस्थाले स्वतन्त्र ढंगले गर्न पाएको अवस्था पनि छैन, त्यसभित्र कतिपय शक्तिहरुले आफ्नो स्वार्थ त्यहाँ मिसाएर त्यसलाई झण्डा बनाएर कुदेको पनि देखिन्छ । फलानोलाई समानुपर्‍यो, फलानोलाई किन समातिस्, किन यता लग्यो यता लगेन आदि, जसले गर्दा पनि अध्ययन नुसन्धानको काममा ब्यवधान भएको छ ।’

 

प्रधानमन्त्री ओलीले ढिलो छिटो अपराधी पत्ता लाग्ने पनि दावी गरे । ‘यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी बनाउन हामी सक्छौं भन्नेमा विश्वस्त छौं, सरकार यसमा लागिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...