गगन थापा यसरी बन्दैछन् नेपाली कांग्रेसको महामन्त्री



हाम्रो इकोनोमि

 

१३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला दोस्रो चरणमा शेरबहादुर देउवातिर ढल्किएपछि देउवाको पक्षमा सभापतिको पासा पल्टिएको थियो । सभापतिमा उम्मेदवारी दर्ता गरेका सिटौलाले दोस्रो चरणसम्म पुगेको निर्वाचनमा देउवालाई सहयोग गरेका थिए ।

 

सिटौलाको सहयोगले रामचन्द्र पौडेल हारको कारण बन्दा देउवाले पहिलोपटक कांग्रेसमा कोइराला परिवारको विरासतलाई पल्ट्याए । त्यसपछि पनि पटक–पटक गरी सिटौलाले शेरबहादुर देउवासँग भातृसंगठन नेविसंघ, महिला संघ र तरुण दलमा बार्गेनिङ गरेर पदाधिकारी नै हात पारे । एकपछि अर्को गर्दै सिटौलाले भागबण्डामा शक्ति मात्र हत्याएनन् संस्थागत पकड पनि बढाउँदै लगे ।

 

महाधिवेशन नआउँदै फेरि सक्रिय

अब महाधिवेशन आगामी २ वर्ष ६ महिना पछि हुँदा पनि काँग्रेसमा सिटौलाले झन् बढी बार्गेनिङ गर्ने देखिएको छ । किनकी १४ औं महाधिवेशनमा पनि सिटौला नै निर्णायक भूमिका निर्वाह गर्न सक्ने नेतामा देखिएका छन् । सिटौलासँग युवा नेताहरू गगन थापा र प्रदीप पौडेल अबको महाधिवेशनमा सबै भन्दा लोकप्रिय नेता बन्ने छन् ।

 

किनकी काँग्रेस वृत्त र बाहिर पनि यी नेता लोकप्रिय छन् । गगनले अघिल्लो पटकको महाधिवेशनमा महामन्त्रीमा ५ सय आसपासमा मत ल्याएर शशांक कोइरालासँग मात्रै होइन आफ्नो ससुरा अर्जुन नरसिंह केसीसँग पनि टक्कर गरेका थिए ।

 

यो पटक सिटौला झन् बलियो देखिएका छन् । सिटौला पक्ष अहिले देउवा र पौडेल दुवैको समदुरीमा छ । अर्थात् कतै पनि खुलेको छैन । यस्तोमा गगन र प्रदीप सँगै हुँदा देउवा र रामचन्द्र पौडेल वा यो गुटबाट जो नेता उम्मेदवार बने पनि सिटौलाले गगनलाई महामन्त्री बनाउँन बार्गेनिङ गर्ने पक्का छ । किनकी १३ औं महाधिवेशनमा जस्तो तेस्रो पक्षका रुपमा गगनलाई उठाएर अब भने हार्न नहुने सोच यो पक्षको छ ।

 

हार्ने गरी होइन जसरी हुन्छ जित्ने गरी गगनलाई महामन्त्री बनाउँने सोच यो पक्षको छ । विधानले दुई महामन्त्रीको व्यवस्था गर्दै दुवै निर्वाचित गर्ने प्रबन्ध गरेपछि पनि एउटा पक्षबाट गगनलाई महामन्त्रीमा जित्न गाह्रो पर्ने पनि देखिंदैन ।

 

फेरि पनि दुवै गुटलाई सिटौलाको साथ खाँचो रहेको प्रष्टै देखिन्छ । यो पक्षमा गगन थापा मात्रै लोकप्रिय छैनन् । युवा नेता प्रदीप पौडेल पौडेलले पनि केन्द्रीय सदस्यमा लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए ।

 

यत्ति मात्र होइन सिटौलासँग उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधानसहितका केन्द्रीय सदस्य र प्रभावशाली नेता साथ छ । यी सबैलाई देखाएर गगनलाई महामन्त्री बनाउन र आफू पनि कुनै ठूलो पदमा निर्वाचित हुने दाउमा सिटौला छन् । निर्णायक पोजिसनमा हुँदा जुन गुटले राम्रो अफर गर्छन् त्यतै बार्गेनिङ गर्ने दाउमा सिटौला रहेको देखिन्छ ।

 

सुरु गरिसके अभियान

महाधिवेशन आउँन दुई वर्षभन्दा बढी बाँकी नहुँदैदेखि सिटौला पक्ष थप सक्रिय हुन थालेको छ । केही दिन अघि सभापतिसहित नेता पौडेल र पदाधिकारीहरुले सम्पादक, पत्रकारहरुसँग भेट गर्ने तय भएपछि सिटौलाले एक कदम अघि बढेर आफूले पहिले पत्रकारसँग बैठक नै गरे । अब कसरी जाने भनेर उनले पत्रकारसँग सुझावमात्रै लिएनन् । आफू अब सक्रिय हुँदै जाने संकेत पनि दिए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...