वाइडबडी भ्रष्टाचार कण्ड,अमरेश सिंहले मागे सरकारको राजीनामा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारका लागि सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

 

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद डा. अमरेशकुमार सिंहले सुशासन र समृद्धिको नारा दिने सरकार यति ठूलो भ्रष्टाचारमा मुछिएको भन्दै राजीनामा माग गरेका हुन् ।

 

उनले वाइडबडी खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न संघीय संसदको दुबै सदनको संयुक्त समिति गठन गर्नुपर्ने बताए । ‘यसको छानबिनका लागि संयुक्त पार्लियामेन्ट्री कमिटी गठन गर्नुर्छ’ उनले भने ‘छानबिनपछि सरकारले नैतिकताको आधारमा रााजीनामा दिनुपर्छ ।’

 

सांसद सिंहले वाइडबडी खरिदमा भ्रष्टाचार भएको सम्पूर्ण प्रमाण आफूसँग रहेको भन्दै ती प्रमाण संसदलाई दिने बताएका छन् । वाइडबडी खरिदका विषयमा सार्वजनिक लेखासमिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले छानबिन गरिरहेका बेला सांसद सिंहले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

 

वाइडबडी खरिद गर्दा सार्वजनिक खरिद ऐन पालना नभएको, जहाज खरिद सम्झौता एउटासँग र भुक्तानी अर्कै कम्पनीमा भएको, तोकिएको तौलको जहाज पनि नकिनिएको लगायतका कारणले भ्रष्टाचार भएको पुष्टि हुने उनले बताए ।

चोलेन्द्रको जवाफ: आत्मा छोएर, बचनबद्ध भएर काम गर्छु

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूमाथि परेका उजुरी र सांसदहरुले गरेका प्रश्नको जवाफ दिएका छन् ।

मङ्गलबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा राणाले संविधानको प्रस्तावनामा उल्लेख स्वतन्त्र न्यायापालिकाको भावनाअनुसार आफुले न्यायलय सुधारको कार्ययोजना निर्माण गरेर प्रस्तुत गरेको भन्दै न्यायलयबारे सञ्चारमाध्यमा धेरै गुनासा आएको, सेवाग्राहीको न्यायप्रतिको आस्था मर्न नदिने बताए । ‘आत्मा छोएर, बचनबद्ध भएर काम गर्नेर्छु’ राणाले भने, ‘अदालत सधै विधिशास्त्रीय मान्यता र कानुनी प्रकृयाअनुसार नै काम गरिरहेको छ । अब पनि गर्छ ।’

 

उनले सरकारले गर्ने विकासका काममा अदालतले कहिल्यै अवरोध नगर्ने प्रतिबद्धता जनाउँदै अबको न्यायलय गौरवमय न्यायलयका रुपमा हेर्न पाउने समेत दावी गरे ।

 

त्यसैगरी उनले वीरगञ्जको छपकैया पोखरी व्यक्तिकै नाममा रहेको र व्यक्तिले नै तिरो तिरेकाले आफुले फैसला गर्दा न्यायिक मान्यताअनुसार नै गरेको दावी गरे । त्यस्तै प्रेरणाले दाइजो पाएको जग्गा, जुवालाई बौद्धिक खेल भनेर गरेको फैसलालगायतमा पनि राणाले बचाउ गरे । उनले न्यायालय सुधारेरै छोड्ने दाबी गर्दै आफ्नो अनुहारमा आफैले कोपरेर नचिनिने गरी नजाने प्रतिबद्धतासमेत जनाए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...