माओवादीकरण कि एमालेकरण ?



 

 

काठमाडौँ — गएको जेठ ३ गते एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० स्थायी कमिटीको तेस्रो बैठकसम्म आइपुग्दा भावनात्मक पक्ष समाप्त भएर वस्तुगत यथार्थ र दाउपेच बढी मुखरित भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको विभाजनमा देशीरविदेशी, सैद्धान्तिकरव्यावहारिक, व्यक्तिगतरसमूहगत अनेकन प्रवृत्ति र कारण जिम्मेवार छन् ।  विभाजनले आन्दोलनको कहिल्यै हित गरेन । १० महिनाको सरकार सञ्चालनले पार्टी पंक्ति, मतदाता र समर्थक उत्साहित हुनसकेको अवस्था छैन । यस सन्दर्भमा ७० वर्ष लामो विभाजन र एकताको कारक पक्षका केही प्रवृत्तिगत बान्की छन् ।

बाह्य प्रभाव, देशभक्ति र राष्ट्रियता स् भारतमा स्थापना भएको, भारतकै विभिन्न स्थानमा निर्वासन, सम्मेलनरमहाधिवेशन सम्पन्न गरेका कारणले दुई देशका पार्टीस्तरमा सुमधुर सम्बन्ध कायम हुनु स्वाभाविकै थियो ।

भारतीय कम्युनिस्ट आन्दोलनसमेत विभाजित भएकाले दुवैतर्फका विचार मिल्ने समूहबीच अनुभव आदान–प्रदान र परस्परमा प्रभाव पर्नु अन्यथा होइन । भारत होस् वा चीन, रूस होस् वा पेरु, जुनसुकै देशको आन्दोलनबाट प्रभावित हुँदा पनि नेपालीहरूआफ्नो राष्ट्रियताको पहरेदारीमा केन्द्रित हुँदै आएका छन् । राष्ट्रिय हित र पहरेदारी नेपाली कम्युनिस्ट आन्दोलनको मूलपक्ष रहिआएको छ ।

राजतन्त्रको पराजय स् नेपाली कम्युनिस्टहरूलाई विभाजित गर्न लामो समय राजतन्त्रको चलखेल चलिरह्यो । रायमाझी पन्थको सिर्जना र सञ्चालन, धेरैलाई मन्त्रीरराजदूत र अनेक पदको प्रलोभन र नियुक्ति, अनेकन प्रकारका विवाद सिर्जना गरेर मात्र नपुगी दमन, धरपकड र हत्यासम्म गर्दासमेत कम्युनिस्ट आन्दोलन समाप्त भएन । राजतन्त्र चिरस्थायी हुनसकेन ।

राजापरस्त प्रवृत्तिका संवाहकहरूको राजतन्त्रसँगै सर्वनाश हुनपुग्यो । यो महत्त्वपूर्ण शिक्षा हो ।

गणतन्त्रका लागि सङ्घर्ष स् स्थापनाकालदेखि नै नेपाली कम्युनिस्टहरू जनतन्त्र र जनजीविकाका हिमायती रहिआए । नेपाली काङ्ग्रेस वा अरू कसैले लोकतन्त्र ल्याइदिएको र कम्युनिस्टहरू स्थापित लोकतन्त्रका उपभोक्ता हुनुपरेको होइन । २००७ सालमा सहयोगी, २०४६ सालमा सहयात्रीरहाराहारी र २०६२र६३ मा निर्णायक हैसियतमा विभाजनका बाबजुद कम्युनिस्टहरूले लोकतान्त्रिक आन्दोलनको अग्रिम मोर्चामा उभिएर लडे । संविधानसभाबाट संविधान जारी गर्न होस् अथवा सङ्घीय गणतन्त्र स्थापना र संस्थागत गर्न नै किन नहोस्, कम्युनिस्ट आन्दोलनको अहम् र नेतृत्वदायी भूमिका छ ।

सङ्घर्षको रूप हिंसा र प्रतिस्पर्धा स् झापाविद्रोह र माओवादी जनयुद्धको शान्तिपूर्ण रूपान्तरण वा अवतरण तथा प्रतिस्पर्धात्मक अभ्याससँगै सफलता हासिल हुनपुगे । यसै क्रममा कैयौँभड्काव र विचलनसमेत नभएका होइनन् ।

‘सेना नभएको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन’, ‘सत्ता बन्दुकको नालबाट जन्मन्छ’ जस्ता उक्तिको प्रयोगले हिंसाप्रेरित हुन, सार्वजनिक स्थलमा एम्बुस थाप्न, हजारौँ निर्दोष नागरिकको ज्यान लिन र बर्बरता अपनाउनसमेत नसुर्‍याएको होइन ।

अन्ततस् जनयुद्धको शान्ति प्रक्रियामार्फत अवतरण मौलिक परिघटनाका रूपमा सम्भव भयो । योग्यता, क्षमता, न्याय र स्वाभिमान स् माक्र्सवादी दर्शनको प्रथम प्रयोगभूमि सोभियत संघमा कम्युनिस्ट आन्दोलन आफ्नै कारणले समाप्त भएको दृष्टान्त विशेष रूपमा स्मरण गर्नुपर्छ । जहांँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक बसेर त्यसैले आन्दोलन विघटन गर्न बाध्य भएको थियो ।

सामाजिक न्यायको प्रत्याभूति यसको जीवन्तताको पूर्वसर्त हो । पार्टीभित्र अवसरको वितरण र जिम्मेवारी प्रदान गर्दासमेत इतिहास, योग्यता र स्वाभिमानको सबभन्दा बढी हेक्का राख्नुपर्छ । विभेद, अन्याय, शोषण र अत्याचार विरुद्ध संघर्ष गर्न कम्युनिस्ट पार्टीमा संलग्न तप्काले पार्टीभित्र अत्याचार, पक्षपात, विभेदपूर्ण व्यवहार र कमरेडली हार्दिकता विपरीत रवैया भोग्नुपर्‍यो भने विडम्बना हुने निश्चित छ । सही नीति, विधि, विश्वास र अभ्यासको जगमा सञ्चालन गर्न नसक्ने हो भने नेपाली कम्युनिस्ट आन्दोलनले सोभियत संघ वा पश्चिम बंगालको हविगत भोग्न धेरै समय लाग्ने छैन ।

विभाजनको स्वरूप स् नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकतापश्चात् कम्युनिस्ट आन्दोलन एकताबद्ध भएको छ । यसले राष्ट्रिय राजनीतिको पहिलो शक्ति, दुई तिहाइ मतदाताको हिस्सालाई प्रतिनिधित्व गर्न सम्भव भएको छ । तैपनि नेमकिपा, नेकपा मसाल, नेकपा माले, नेकपा कट्टेल समूह, नेकपा क्रान्तिकारी माओवादी र नेकपा विप्लव गरी आधा दर्जन समूह अलग–अलग अस्तित्वमै छन् ।

नेकपा मसाल सम्बद्ध राष्ट्रिय जनमोर्चाको ६० हजार हाराहारी तथा नेकपा क्रान्तिकारी माओवादी सम्मिलित मोर्चाले प्राप्त गरेको १३ हजार मतले उल्लिखित समूहहरूको जनाधार स्पष्टै गर्छ । नेकपा ९विप्लव० ले चुनाव बहिष्कारको आह्वान गरेर आमरूपमा गैरवामपन्थी उम्मेदवारहरूलाई सहयोग पुर्‍याएको तथ्य २०७४ सालका तीनवटै निर्वाचनमा देखापरेको थियो । यस्ता शक्तिले कम्युनिस्ट पार्टी र आन्दोलनका नाममा पार्नसक्ने भ्रम, उपयोगरदुरुपयोग हुनसक्ने अवस्थार निम्त्याउने परिणाम आँकलन गरी आम जनतालाई स्पष्ट पार्नुपर्छ ।

निष्कर्ष  वैचारिक स्पष्टता र सांगठनिक चुस्ततामा उचित संयोजन र गम्भीरता प्रदर्शन नगर्ने हो भने कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्व भड्कावको दलदलमा फँस्दै ४ हजार १ सय सदस्यीय हुनपुगेको त हाम्रो आफ्नै विगत छ । अहिले त्यसको १० प्रतिशत हाराहारी गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनेको छ । यो राष्ट्रिय परिषदका लागि उचित संख्या हो ।

मूल नेतृत्व ‘दुई मुखे रुद्राक्ष’ वा गाई कि त्रिशूल रु जस्तो बनाउनुपर्ने बाध्यता जनवादी केन्द्रीयताको मर्म अनुरूप नभई एकता प्रक्रियामा देखापरेको अपवाद अभ्यासमात्रै हो । भविष्यमा ‘आठौंरदसौं’ महाधिवेशन गरेर नेतृत्व, केन्द्रीय कमिटी र मातहत कमिटीहरूलाई ‘अन्तर्राष्ट्रिय अभ्यास’ अनुरूप बनाउनुपर्छ ।

छापामार शैलीका निर्णय गरेर अथवा कमजोर धागोले बाँधेर वा भावनात्मक आदर्शको बलमा मात्रै पार्टी एकता जीवन्त, दिगो र पूर्ण बन्न सक्दैन । पूर्ववर्ती माओवादी र एमालेका अलग–अलग धारहरूलाई ‘कालीगण्डकी’ र ‘सेतीगण्डकी’ मिलेर नारायणी नदी बनेजस्तै प्रवाहमय बनाउने चुनौती सबभन्दा टड्कारो छ ।

यो एकता अर्को विभाजन वा मोहनविक्रम सिंह र नारायणकाजी श्रेष्ठका विगत समूहहरूबीच एकता गरेर नेकपा एकताकेन्द्र मसाल बनाई सञ्चालन गरेर पछि आआफ्नो बाटो लागेजस्तो हुनु हुँदैन । कम्तीमा नेकपा माले र माक्र्सवादी बीचको एकीकरणबाट नेकपा ९एमाले० बनेजस्तो हुनुपर्छ ।

उन्नत र व्यवस्थित हुनुपर्छ । एमाले धाराको ‘माओवादीकरण’ र माओवादीधाराको ‘एमालेकरण’ दुवै नभएर साँचो अर्थमा ‘एकीकरण’ हुनुपर्छ । अहिले त पूर्ववर्ती एमालेको माओवादीकरण भएर एकीकृत पार्टी नै कहांँ छ जस्तो भइरहेछ ।

माथिदेखि तलसम्म आआफ्नै विघटित समूह चलाएर, अझ आआफ्नै विशेष गुटको खेती गरेर, विघटित नेतारकार्यकर्ता र गुटगत स्वार्थ समूह परिचालन गरेर वा लाजमर्दो भागबन्डाको सिलसिला जारी राखेर एकीकृतपार्टी बन्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्