पीएचडी गरेका दृष्टिविहीन पोखरेल दीक्षित हुन स्टेजमा पुग्दा …



हाम्रो इकोनोमि

 

ललितपुरको पुल्चोकस्थित पुल्चोक इञ्जीनियरिङ क्याम्पसको खेल मैदानमा सोमवार त्रिभुवन विश्वविद्यालयको ४४औं दीक्षन्त समारोह चलिरहेको थियो ।

समारोहमा मानविकी र सामाजिक शास्त्र संकायमा विद्यावारिधि (पीएचडी) उपाधि पाउने ३१ जनालाई उक्त संकायका डीनले बोलाउँदै गए ।

३१औं नम्बरमा थिए, वीरेन्द्रराज शर्मा पोखरेल ।

डीनले दीक्षित हुन बोलाएसँगै पोखरेल पत्नी वन्दनाको हात र सेतो छडी समाउँदै स्टेजमा उक्लिए ।

उनी स्टेजतर्फ उक्लिँदै गर्दा तालीको वर्षा भयो ।

दीक्षित हुन आउनेहरू र फोटो पत्रकारको ध्यान उनैमा केन्द्रित भयोे ।

हँसिलो मुहारमा स्टेज उक्लिएका पोखरेलले त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट प्रमाणप्रत्र बुझे अनि हात मिलाए ।

स्टेजमा रहेका त्रिविका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायत अन्य अतिथि पोखरेललाई देखेर दंग देखिन्थे ।

उनी प्रमाणपत्र लिएर पत्नीको हात समाउँदै हर्षित मुद्रामा स्टेजबाट तल झरे ।

ललितपुरको कुपण्डोल घर भएका पोखरेलले १७ वर्ष अगाडि जापानमा जाने अवसर पाएका थिए ।

उनले त्यहाँ पीएचडी गरेका तथा मन्त्री भएका दृष्टिविहीनहरूसँग भेट्ने अवसर पाए ।

त्यो अवसरले पोखरेललाई पनि पीएचडी गर्ने सोच आयो ।

पोखरेल म पनि पीएचडी गर्नसक्छु भन्ने अठोट लिएर नेपाल फर्किए ।

अन्ततः उनको अठोट पूरा भएरै छाड्यो ।

त्यसको १७ वर्षपछि आज प्रधानमन्त्री एवं कुलपतिको हातबाट दीक्षित हुने अवसर पाए ।

‘मैले आफू दृष्टिविहीन भएपछि सूचना प्रविधिको प्रयोगबाट दृष्टि विहीनलाई शिक्षामा अगाडि बढाउन सकिन्छ भनेर जापानमा गएर सिक्ने अवसर पाएँ,’ पोखरेलले लोकान्तरसँग भने, ‘जापानमा प्रविधि सिकेर आएपछि त्यो प्रविधि नेपालमा लागू गर्न कस्तो चुनौती छ र त्यसलाई ग्रामीण तहसम्मका दृष्टिविहीनले प्रविधिबाट कसरी शिक्षा प्राप्त गर्न सक्छन् भनेर रिसर्च गरेँ ।

दृष्टि नहुनुभन्दा पनि अध्ययन गर्ने प्रविधि र शैक्षिक सामाग्री नहुनु दृष्टिविहिनलाई शिक्षा हासिल गर्न चुनौती रहेको पोखरेल बताउँछन् ।

तर चुनौतीलाई सामाना गर्ने आँट आफूसँग भएमा अध्ययन गर्न सकिने उनको तर्क छ ।

‘मैले आफूलाई अध्ययनमा समर्पित गरेर त्यसमा लागेँ ।

एकदम लगनशीलताका साथ अध्ययन गर्न सक्यो भने हामीजस्तो दृष्टिविहीनले पनि पीएचडी गर्न सक्छन् भन्ने मैले प्रमाणित गरे र मेरा अरु साथीहरूले पनि गरेका छन्,’ पाखरेलले भने, ‘यदि नेपालमा उपयुक्त वातावरण भयो भने हामीजस्ता दृष्टि विहीनले पनि आफ्नो क्षमता प्रस्तुत गर्न सक्छौं ।’

उनीसँगै रहेकी पत्नी वन्दना पनि पति दीक्षित हुँदा हर्षित् देखिन्थिन् ।

‘मलाई एकदमै गर्व लागेको छ, उहाँजस्तो क्षमतावान् व्यक्तिलाई श्रीमानको रूपमा पाएको छु,’ वन्दनाले लोकान्तरसँग भनिन्, ‘आज यो दीक्षान्त समारोहले उहाँको मेहेनत, समर्पण र क्षमताको मूल्याङ्कन भएको छ भन्ने लाग्छ ।

यसले हामीलाई अझै ऊर्जा मिलेको छ ।

’पोखरेलले ‘नवीनतम् सूचना प्रणाली, विशेषगरी पहुँचयुक्त सूचना प्रणालीको प्रयोगबाट दृष्टिविहीनलाई विकास प्रक्रियामा संलग्नता’ विषयमा पीएचडी गरेका हुन् ।धेरै अध्ययन अनुसन्धान गरेर विद्यावारिधि गर्न सफल भएँ ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...