आर्यानले लुकाएको लुक्स स्वस्तिमाले सार्वजनिक गरिन्



हाम्रो इकोनोमि

 

फिल्म ‘हजार जुनीसम्म’ मा नायक आर्यान सिक्देल नयाँ लुक्समा प्रस्तुत हुँदैछन् ।

यो नयाँ लुक्स आर्यानले निकै मिहेनत गरेर बनाएका हुन् ।

त्यसैले उनले आफ्नो नयाँ लुक्सलाई लुकाएर राखेका थिए ।

तर आर्यनले लुकाएको लुक्स फिल्मकै नायिका स्वस्तिमा खड्काले सार्वजनिक गरिदिएकी छन् ।

आइतबार आफ्नो इन्स्टा स्टोरीमा स्वस्तिमाले आर्यनको उक्त लुक्स सार्वजनिक गरेकी हुन् ।

स्वस्तिमाको स्टोरीबाट आर्यनको लुक्स बाहिरिएको खबर यतिबेला अनलाइन मिडियामा छाइरहेको छ।

आर्यन यस अवतारमा फुलेको कपाल र दाह्री छमा छन् ।

फिल्म ‘हजार जुनीसम्म’ मा आर्यान स्वस्तिमाको बाबुको भुमिका निभाउँदै छन् ।

उसो त आर्यनले फिल्म ‘होमर्वक मा वृद्ध अवस्थाको भूमिका निभाइसकेका छन् ।

विकास राज आचार्यको निर्देशन रहेको फिल्म ‘हजार जुनी सम्म’ मा आर्यन र स्वस्तिमा सँगै अभिनेत्री निरुता सिंह, नायक सलोन बस्नेत लगायतको अभिनय रहेको छ ।

फिल्मको यतिबेला छायाँकन चल्दैछ ।

फिल्ममा निर्देशक दिपाश्री निरौलाले पनि एक गीतमा नृत्य प्रस्तुत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...