चिसोको पारो बढ्दैछ, वर्षा पनि हुँदैछ, जान्नुस् तीन दिनको मौसमी अवस्था



हाम्रो इकोनोमि

 

यस वर्षको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सोमबार शून्य डिग्रीमा झरिसकेको छ । त्यो क्रम अझै बढ्ने चेतावनी मौसमविद्हरुले दिएका छन् ।

आइतबारको तुलनामा सोमबार न्यूनतम तापक्रम घट्दै जाँदा त्यो क्रमले निरन्तरता पाउने भन्दै मौसमविद्हरुले सचेत हुन आग्रह गरेका छन् । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

 

आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ० डिग्री सेल्सियस थियो । अब केही दिन काठमाडौँको न्यूनतम तापक्रम ० देखि ३ को हाराहारीमा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

चिसो अझै बढ्दै जाँदा मुलुकका अन्य क्षेत्रको न्यूनतम तापक्रम पनि घट्दै गएको छ । महाशाखाको पछिल्लो विवरणानुसार डडेल्धुरा, धनकुटा, नेपालगञ्ज, सिमरा र पोखराको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

त्यस्तै जिरी, जोमसोम र जुम्लाको तापक्रम माइनसमा झरेको छ । महाशाखाका अनुसार धरानको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस अधिकतम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

 

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार यस्तो त तीन दिनको मौसम पूर्वानुमान
पुस १७ गते (मंगलबार)

 दिउँसो – देशभरिनै मौसम सामान्यतया सफा रहेता पनि पश्चिमी पहाडी भेगमा आंशिकदेखि सामान्य बदली हुने संभावना छ ।

 

 राति – पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बांकी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने पश्चिमी पहाडी भूभागको एक–दुई स्थानमा हल्का  वर्षा हुने सम्भावना छ ।  साथै पश्चिमी उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात पनि हुने सम्भावना छ ।

 

 पुस १८ गते (बुधबार)

 दिउँसो – देशको पश्चिम भूभाग तथा मध्य र पूर्वका पहाडी भेगमा सामान्य बदली रही बांकी भूभागमा आंशिक बदलीको अवस्था रहने छ।  देशको पश्चिम तथा मध्य क्षेत्रका पहाडी भूभागगका एक(दुई स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने सम्भावना छ ।

 

राति – देशको पश्चिम भूभाग तथा मध्य र पूर्वका पहाडी भेगमा सामान्य बदली रही बांकी भूभागमा आंशिक बदलीको अवस्था रहने छ अनि पश्चिमका थोरै तथा मध्य र पूर्वी क्षेत्रका पहाडी  भूभागगका एकदुई स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ ।

 

पुस १९ गते (बिहीबार)

 दिउँसो – देशको पश्चिम भूभाग तथा मध्य र पूर्वका पहाडी भेगमा सामान्य बदली रही बांकी भूभागमा मौसम सफा नै रहने देखिन्छ।  देशको पश्चिम तथा मध्य क्षेत्रका पहाडी  भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने सम्भावना छ ।

 

राति – देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बांकी भूभागमा मौसम सफा नै रहने देखिन्न्छ र  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...