ग्यास विष्फोटमा कम्तीमा चारको मृत्यु, ४० बेपत्ता, ४८ फ्ल्याट ध्वस्त



हाम्रो इकोनोमि

 

 रुसको मध्य क्षेत्रमा रहेको एक भवनमा ग्यास लिग भएर विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । उरल प्रान्तको शहर मग्नितागोस्र्कमा भवनमा भएको बिस्फोटमा ४० जना हराइरहेको स्थानीय अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

विष्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएका छन् । १२० जनाको बसोबास रहेको भवनमा अज्ञातहरुको अवस्था खुल्न सकेको छैन । बेपत्ताहरुको खोजी तथा उद्धारको काम भइरहेको स्थानीय अधिकारीले जनाएका छन् ।

कम्तिमा १६ जनालाई सकुशल उद्धार गरिएको जनाइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन घटनास्थल पुगेर निरीक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...