प्रचण्डले बामदेवलाई भने अब तपाँई छाया प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

नेकपा पार्टी स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रामक देखिएका सचिवालय सदस्य बामदेव गौतम अन्तिम दिन मौन बसे । गत विहीबार साँझको बैठकमा आक्रामक देखिएका गौतम शुक्रवार विहानको बैठकसम्म आइपुग्दा रातारात किन शान्त भए ? उनी शान्त हुनुको रहस्य खुलेको छ ।

 

विहीबार साँझ बैठक सकिए लगतै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाट लागेका थिए । बालुवाटारबाट प्रचण्डले एक घण्टा गौतमसँग कुरा पनि गरेका थिए । एक घण्टाको टेलिफोन संवादमा प्रचण्डले एउटा शक्तिशाली विभागको प्रमुख बन्न प्रस्ताव गरेपछि उनको आवेग रातारात शान्त भएको स्रोतले बताएको छ ।

 

नेकपाले पार्टी र सरकारलाई ब्यवस्थित बनाउन ३९ विभागहरु निर्माण गर्ने भएको छ । ३९ विभाग मध्ये सवैभन्दा शक्तिशाली बिभाग बन्ने भएको छ ‘राजकीय मामिला तथा सुशासन विभाग ।’ पार्टीभित्रको राजकीय मामिला तथा सुशासन विभागले प्रधानमन्त्री कार्यालदेखि सवै मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानी गर्नेछ ।

 

भ्रष्टाचार नियन्त्रण सुशासनका पक्षमा राष्ट्रिय, अन्तराष्ट्रिय अनुभवहरुलाई अध्ययन गरी पार्टी र सरकारलाई सुझाव दिनेछ । पार्टीभित्र छाया प्रधानमन्त्रीको काम गर्ने विभागको प्रमुख बनाउने प्रस्ताव विहीबार राति प्रचण्डले गरेका थिए । प्रचण्डको यही प्रस्तावपछि गौतम रातारात शान्त भएको नेकपाका एक स्थायी कमिटी सदस्यले बताए ।

 

राजकीय मामिला र सुशासनका लागि यो बिभागले सवै विभागसँग समुन्वय गर्न पाउनेछ । यो विभाग अन्य विभागभन्दा निकै शक्तिशाली हुने नेकपा नेताहरु बताउँछन् । यही विभागको प्रमुख भएर गौतमले पार्टीभित्र आफ्नो भूमिकालाई सक्रिय बनाउन सक्ने आँकलन पनि गरिएको छ । प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर प्रचण्डले यो विभागको प्रमुख गौतमलाई बनाउने आश्वासन दिएका थिए ।

 

नेकपाले सरकारको काम कारवाहीलाई वाच र प्रभावकारी बनाउन ३९ विभागहरु बनाउने भएको छ । विभागले पार्टी र सरकारको कामलाई वाचडग र सुझाव दिनेछन् ।

 

उद्योग तथा वाणिज्य विभाग
उद्योग तथा वाणिज्य मन्त्रालय, त्यस अन्तर्गतका निकायको निगरानी गर्न उद्योग तथा वाषिज्य विभाग गठन हुने भएको छ । उद्योग–व्यवसाय तथा वाणिज्य क्षेत्रमा रहेका समस्या र त्यसको समाधानको उपाय यो विभागले खोज्ने भएको छ ।

 

उपभोक्ता हित तथा आपूर्ति विभाग 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र त्यस अन्तर्गतका बिभाग यो विभागमा पर्नेछन् । आपूर्ति र उपभोक्ता हितको क्षेत्रमा अध्ययन गरी पार्टीले लिनुपर्ने नीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछ।

 

कृषि तथा भूमिसुधार विभाग
कृषि मन्त्रालयका काम कारवाही यो बिभागले निगरानी गर्नेछ । कृषिको व्यवसायिकरण, आधुनिकीकरण एवम् कृषि उत्पादन सम्बन्धी नीति तथा योजना यो विभागले बनाउने भएको छ ।

 

कोष तथा आर्थिक व्यवस्थापन विभाग
यो विभाग सरकारभन्दा पनि पार्टीभित्रको काममा बढि क्रियासिल रहने भएको छ । विभागले पार्टीको कोष तथा आर्थिक गतिविधिको सञ्चालन गर्नेछ ।

 

खानेपानी तथा सरसफाई विभाग
खानेपानी तथा सरसफाइको सम्बन्धमा सरकारले लिएका नीति तथा ऐन–कानुनहरूको अध्ययन गरी तिनलाई समयानुकूल परिमार्जन गर्ने । देशभरी खानेपानी तथा सरसफाइको समस्या एवं समाधानका उपायबारे अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ।

 

जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग 
जलस्रोत, सिंचाइ र ऊर्जा मन्त्रालयको निगरानी यो विभागले गर्नेछ । मुलुकको जलस्रोत, सिँचाइ र ऊर्जाको अवस्था एवं त्यस क्षेत्रका समस्याको अध्ययन गरी समाधानका उपायबारे यो विभागले प्रतिवेदन पेश गर्नेछ।

 

न्याय, कानुन तथा मानव अधिकार विभाग
पार्टी र सरकारलाई कानुनी सल्लाह दिनेदेखि कानुन मन्त्रालयको रेखदेख यो बिभागले गर्ने भएको छ । संविधानको कार्यान्वयन, ऐन कानुनको निर्माण, परिमार्जन तथा संशोधनमा सुझाब यो विभागले दिनेछ ।

 

 

पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग 
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको क्षेत्राधिकारलाई निगरानी गर्न यो विभाग सक्रिय हुनेछ । पर्यटन र नागरिक उड्डयनको क्षेत्रका समस्या र चुनौतीहरूको अध्ययन गरी पार्टीले दिने र नीति निर्माणमा भूमिका खेल्नेछ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यस विभागको क्षेत्राधिकार रहने भएको छ ।

 

युवा तथा खेलकुद विभाग 
खेलकुद विकासका लागि विशेषज्ञहरूसँग छलफल गरी सुझाव लिने र नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन योजना बनाउने छ । वेरोजगार युवाहरूलाई उत्पादन कार्यमा कसरी सहभागी बनाउने भन्ने योजना प्रतिवेदन तयार गर्नेछ ।

 

राजकीय मामला तथा सुशासन विभाग 
पार्टीभित्रको सवैभन्दा शक्तिशाली विभाग राजकीय मामिला तथा सुशासन हुनेछ । प्रधानमन्त्री कार्यालयदेखि समग्र मन्त्रालयहरू, अख्तियार लगायतका विभिन्न आयोगहरूको निगरानी यो विभागले गर्ने भएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरूको अध्ययन गर्ने र पार्टीलाई सुझाव दिनु यसको मुल कार्यभार रहने भएको छ ।

 

राष्ट्रिय सुरक्षा प्रबर्द्धन विभाग 

पार्टीले लिनुपर्ने राष्ट्रिय सुरक्षा नीति सम्बन्धमा अध्ययन गरी सुझाव प्रस्तुत गर्नेछ। यो विभागले गृह मन्त्रालय मातहतका काम कारवाहीको निगरानी गर्नेछ ।

वन तथा वातावरण विभाग 
वन तथा वातावरण मन्त्रालयको निगरानी यो बिभागले गर्ने भएको छ ।

 

विज्ञान तथा प्रविधि विभाग 
विज्ञान तथा प्रविधि सम्बन्धी मौजुदा ऐन, कानुन र संरचनाहरूलाई समयानुकूल अद्यावधिक गर्ने सम्बन्धमा विशेषज्ञहरूसँग छलफल गरी सुझाव दिने अधिकार यो विभागलाई रहने छ।

 

विदेश मामला विभाग 
सरकारको विदेश नीतिको अध्ययन, परराष्ट्र मन्त्रालयको काम कारवाहीको निगरानी र विदेशी पार्टी तथा समुदायसँग सम्पर्क स्थापित गर्ने छ ।

 

शिक्षा तथा मानवस्रोत विभाग 

शिक्षा मन्त्रालय अन्तर्गतका काम कारवाही निगरानी गर्ने छ । शिक्षा नीति तथा कार्यक्रमहरूको अध्ययन गर्नेछ ।

 

श्रम तथा रोजगार विभाग 
श्रम रोजगार मन्त्रालय अन्तर्गतका काम कारवाही निगरानी गर्ने छ। श्रम सम्बन्धसँग सम्बन्धित विद्यमान नियम, कानुन र संरचनाहरूका सम्बन्धमा अध्ययन गरी समयानुकूल परिमार्जन गर्नुपर्ने विषयमा सुझाव दिने अधिकार यो विभागलाई रहने छ।

 

सङ्घीय संसदीय विभाग
सङ्घ, प्रदेश र स्थानीय सरकारहरूबीचको आपसी सम्बन्धलाई सुमधुर र जनमैत्री बनाउन भूमिका यो विभागले खेल्नेछ ।

 

समाज कल्याण विभाग
यस विभागले गैरसकारी संस्थालगायतका क्षेत्रको अध्ययन र निगरानी गर्नेछ।

 

सहकारी तथा गरिबी निवारण
सहकारी तथा गरिवी निवारका क्षेत्रमा काम गर्ने र मन्त्रालय अन्गर्ततका योजनाहरू अध्ययन गरी पार्टीलाई सुझाब दिने छ।

 

स्वास्थ्य तथा जनसङ्ख्या विभाग
स्वास्थ्य मन्त्रालयको निगरानी र स्वास्थ्य नीतिको अध्ययन गर्नेछ ।

शहरी विकास विभाग,
सामान्य प्रशासन विभाग,
साहित्य, कला तथा संस्कृति विभाग,
प्रचार तथा प्रकाशन विभाग,
पार्टी स्कुल विभाग,
पुस्तकालय तथा अभिलेख विभाग,
निर्वाचन विभाग

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...