सरकारी अनुसन्धानकर्ता भन्छ गोरेकोपनि अवैध सम्पत्ति भेटिएन



हाम्रो इकोनोमि

 

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)माथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको छ ।

 

गोरेले सुन तस्करीबाट आर्जन गरेको अवैध सम्पत्तिबारे विभागले अनुसन्धान थालेको थियो । विभागले गते जेठ २९ गतेबाट सुन तस्करी प्रकरणका ३ जना अभियुक्तमाथि अनुसन्धान थालेको थियो ।

 

सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे), अभियुक्त भुजुङ गुरुङ र डा. डेविट भनिने छिरिङ वाङ्गेल घलेमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको थियो । पछि सुन तस्करी प्रकरणमा जोडिएका अन्य अभियुक्तमाथि पनि विभागले अनुसन्धान शुरु गरेको छ ।

 

सम्पत्ति शुद्धीकरण विभागले सुन तस्करी प्रकरणमा जोडिएका सबै अभियुक्तमाथि छानबिन शुरु गरेको जनाएको छ ।

 

गोरेको अवैध सम्पत्ति भेटिएन

साढे ३३ किलोसहितको ३८ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती अहिले केन्द्रीय कारागारमा थुनामा छन् ।

 

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका गोरेमाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले नै काठमाडौं झिकाएको थियो । विभागले गत जेढ २९ गते गोरेसँग बयान लिएर अनुसन्धान अगाडि बढाएको थियो । तर, अनुसन्धान थालेको ८ महिना वितिसक्दा पनि विभागले गोरेको अवैध सम्पत्ति फेला पर्न सकेको छैन ।

 

‘सुन तस्करी प्रकरणमा जोडिएका गोरे भनिने चूडामणि उप्रेतीको सम्पत्तिमाथि अनुसन्धान अहिले पनि चलिरहेको छ,’ विभागका एक अधिकारीले भने, ‘तर, उनको नाममा अहिलेसम्म त्यस्तो कुनै अवैध सम्पत्ति रहेको प्रमाण फेला पर्न सकिएको छैन ।’

 

विभागले सुन तस्करी प्रकरणमा जोडिएका अभियुक्त भुजुङ गुरुङ र डा. डेविट भनिने छिरिङ वाङ्गेल घलेमाथि पनि अनुसन्धान थालेको थियो । उनीहरुको पनि कुनै प्रकारको अवैध सम्पत्ति फेला नपरेको विभाग स्रोतले लोकान्तरलाई जानकारी दियो ।

 

‘उनीहरुको आफ्नै नाममा र आफन्तको नाममा रहेको सम्पत्ति खोजी गर्ने काम चलिरहेको छ । केहीको सम्पत्ति अस्भाविक पनि देखिएको छ,’ विभागको एक अधिकारीले भने, ‘तर, अहिले नै मुद्दा चलाउन मिल्ने खालको प्रमाण फेला परेको छैन ।’

 

विदेशमा रहेको सम्पत्तिको खोजी गरिँदै

सम्पत्ति शुद्धीकरण विभागले सुन तस्करी प्रकरणमा जोडिएका व्यक्तिको नाममा विदेशमा पनि सम्पत्ति हुनसक्ने भन्दै खोजी शुरु गरेको जनाइएको छ ।

 

विभागले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा गोरे, भुजुङ र छिरिङको नाममा नेपाल बाहेक अन्य मुलुकमा सम्पत्ति रहेकोबारे खोजी शुरु गरिसकेको छ । समितिका अधिकारीका अनुसार अन्य अभियुक्तको पनि विदेशमा रहेको सम्पत्ति खोजी शुरु गरिन लागिएको छ ।

सम्पत्ति शुद्धीकरण निवाकरण ऐन, २०६४ को (१९) मा कसुरसँग सम्बन्धित व्यक्तिका नाममा नेपाल बाहिर अन्य देशमा सम्पत्ति रहे रोक्का राख्न तथा नियन्त्रणमा लिन सम्बन्धित देशसँग समन्वयन गर्ने सकिने प्रावधान छ ।

 

दफा (१९)को उपदफा (१) मा ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रिलयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्दा दफा १८ बमोजिम रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्ने देखिएको कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन विदेशमा रहे भएको देखिएमा विभागले तोकिए बमोजिम त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का राख्न वा नियन्त्रणमा लिन तत्काल परराष्ट्र मन्त्रालय मार्फत्सम्बन्धित मुलुकमा लेखी पठाउनु पर्नेछ,’ भनी उल्लेख गरिएको छ ।

 

यस्तै पारस्परिक कानूनी सहायता ऐन, २०७० बमोजिम पनि विदेशमा रहेको सम्पत्ति नेपाल ल्याउन सकिने विभागका निर्देशक लामिछानेको भनाइ छ । यद्यपि यसका लागि भने पारम्परिक कानून सहायताका लागि अन्य देशसँग सम्झौता भएको हुनुपर्ने कानूनविदहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...