कादर खानको निधनको खबर हल्ला मात्रै, वास्तविकता यस्तो रहेछ



हाम्रो इकोनोमि

 

सामाजिक सञ्जालमा सोमबार विहानै भारतीय अभिनेता कादर खानको निधन भएको खबर एकाएक फैलियो ।

सामाजिक सञ्जालमा डढेलो जस्तै फैलिएको कादरको निधनको खबरले नेपाली शुभ चिन्तकहरुलाई समेत नमिठो लाग्यो । चलचित्रमा विभिन्न चरित्रमा हँसाइरहने अभिनेता खानको निधनको खबर फैलिएपछि उनको शुभचिन्तकहरुले समवेदना समेत लेखे । नेपालमा पनि खानलाई धेरैले समवेदन दिए । तर अन्ततः उनको निधनको खबर गलत भएको पुष्टि भएको छ ।

कादरका छोरा सरफराजले बुबा कादर खान जीवितै रहेको भन्दै समाचारको खण्डन गरेका छन् । कादरका छोरा सरफराजका अनुसार उनको क्यानडाको एक अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय सञ्चारमाध्मका अनुसार सरफराजले भनेका छन्, ‘कादरको विषयमा आएका समाचारहरु सबै गलत हुन् । उहाँ अहिले क्यानडाको एक अस्पतालमा उपचारत हुनुहुन्छ ।’ ८१ वर्षीय कादरलाई केही समयअघि श्वास प्रश्वासमा समस्या देखिएको थियो । उनको अवस्था चिन्ताजनक भने रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...