प्रधानमन्त्रीओलीले भने निर्मलाका हत्यारा पत्ता लगाउँन अब विदेशी अनुसन्धानकर्ता बोलाउँछु



 

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाका विषयमा गम्भिर नबनेको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीले घटनाका दोषीलाई जुनै हालतमा पक्राउ गरिछाड्ने बताएका छन् ।

 

उनले निर्मलाको हत्यारा पत्ता लगाउनका लागि सरकार, प्रहरी प्रशासनले धेरै मेहेनत गरेको भए पनि अहिलेसम्म दोषी पत्ता लाग्न नसकिरहेको बताउँदै दोषी फेला परेन भनेर सरकार चुप लागेर नबस्ने बताएका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी वैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछिको हत्या घटनामा गम्भिरता देखाएको नेकपा नेता योगेश भट्टराईले बताएका छन् ।

 

नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीको भनाई उद्धृद गर्दै निर्मल पन्तको घटनालाई निष्कर्षमा पुर्‍याउन नेपाल प्रहरी असक्षम भए विदेशी अनुसन्धानकर्ता बोलाएर भए पनि घटनाका दोषीलाई पत्ता लगाई छाड्ने बताएको जानकारी गराएका छन् ।

 

नेता भट्टराईले भने, ‘प्रधानमन्त्रीले निर्मला हत्याकाण्डबारे गम्भीरताका साथ कुरा राख्नु भएको छ । आवश्यक पर्‍यो भने अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि छानविन गराउने उहाँको सोंच छ ।’

 

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्याराहरु पत्ता लगाउन अहिलेसम्म नेपाल प्रहरी असक्षम ठहरिएको छ । प्रहरीले दोषी पत्ता लगाउन नसक्दा सरकारले शान्ति सुरक्षा प्रत्याभूत गर्न नसकेको भन्दै सरकारमाथि नागरिकले आलोचना गरिरहेका छन् ।

 

नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्व लिएको बताएको नेता भट्टराईले जानकारी दिएका छन् । निर्मला पन्तको हत्यारा पत्ता लगाउनु पर्ने माग गर्दै अहिले पनि काठमाडौंलगायत कञ्चनपुरमा आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् ।

 

कञ्चनपुर पुगेर आईजीपीले भने– निर्मला हत्यामा निर्दोष फस्दैनन्, दोषी जोकोही भएपनि छाडिन्न

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला हत्या प्रकरणको अनुसन्धानमा कसैको दबाब र प्रभाव नभएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरीको अनुगमनका क्रममा कञ्चनपुर पुगेका आईजीपी खनालले भने, ‘‘अनुसन्धान पूर्ण व्यावसायिक रुपमा भइरहेको छ, कसैको दबाब र प्रभाव परेको छैन ।’’

निर्मला हत्याको अनुसन्धानमा प्रहरी सक्रिय भएको बताउँदै खनालले महिला हिंसा र बाल हिंसाविरुद्ध समुदायसँगै मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

महिला अधिकारकर्मीहरुसँग जिल्ला प्रहरी कार्यालयमै भएको छलफलमा आईजीपी खनालले भने, ‘‘निर्दोष फस्दैनन्, दोषी जोकोही जतिसुकै ठूलो वा सानो भएपनि छुट्दैन ।

कानुनको नजरमा सबै समान हुन् ।’’ प्रहरी अनुसन्धान परिणाम निकाल्नेतर्फ उन्मुख भएको आईजीपी खनालको भनाइ छ ।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा शंका नगर्न आग्रह गर्दै खनालले घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको बताए ।

 

निर्मला हत्यापछि आईजीपी खनाल दोस्रोपटक कञ्चनपुर पुगेका हुन । आईजीपीको टोलीमा प्रहरीका अनुसन्धान अधिकृतपनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
पाथीभरा दर्शन केवलकार निर्माण शिलान्यास कार्यक्रममा झडप

    ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा स्थानीयबीच झडप भैरहेको छ । पाथीभरा

म आफैं अदालत उपस्थित हुन्छु : मनाङे

    गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट

ऊर्जा राज्यमन्त्री तामाङ कै कम्पनी कालोसूचीमा

    प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन

हेटौंडा १२ मा एमालेका उम्मेदवार राजेश नगरकोटीले जित्ने बजार हल्ला

     निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि