चीनबाट नेपाल आएर कपडा पसल खोल्ने २० बर्षीय युवती, ५०० मा ब्ल्यांकेटदेखि ज्याकेटसम्म (भिडियो)



हाम्रो इकोनोमि

 

नेपालमा चीनको सरसामान खासै ब्रान्डेड मानिदैन ।

चीन बाहेक बेलायत, थाइल्याण्ड, जापानको सरसामान जतिनै गुणस्तरीय हिन भएता पनि गुणस्तरको मानिने तर चाइनिज सरसामान भने जति नै गुणस्तरको भए नि गुणस्तरीय हिन मानिन्छ।

नेपालीहरु मार्फत ‘मेड इन चाइना आज छ भोलि छैन’ भनेर चाइनिज सरसामानको गुणस्तरमा मजाक पनि नबनेको होइन।

यस्ता चुनौतीलाई पार गर्दै नेपालमा चाइनिज सरसामानको व्यवसाय गर्नेको कमि पनि छैन।

त्यस्तै बिगत लामो समय देखि चीनमा बस्दै आएकी पेमछोकी शेर्पा हाल भक्तपुर बस्दै आएकी छिन्।

उनले छुट्टै उदेश्यका साथ नेपालमा व्यापार सुरु गरेकी छिन्।

बनेपा, सातदोबाटो, सुर्यविनायक र गौशाला गरि नेपालको चार ठाउँमा उनले सुपथ मुल्यको व्यवसाय सुरुवात गरेकी छिन्।

चीनबाट नेपालमा लत्ताकपडाको सामान ल्याएर हरेक सामान मात्र रु. ५०० मा बेचिराखेकी छन उनी।

‘आफ्नो मामा र मामाको साथीको सलाह सुझाब र सहयोगमा मामासँग नै पार्टनरशीपमा आफुले उक्त व्यवसाय सुरु गरेको’ उनी बताउछिन। यस्तै व्यवसाय चीनमा पनि छ र नेपालमा पनि यो व्यवसाय फस्टाउने सम्भावना देखेर उक्त व्यवसाय सुरु गरेको उनको भनाई रहेको छ।

मात्र रु ५०० मा हरेक समान उपलब्ध भएकोले धेरैले ति सामानहरु दुब्लिकेट, प्रयोग गरिसकेको र गुणस्तरीय हिन हो कि भन्ने आसंका पनि गर्दछन। तर यो आसंकालाई स्पस्ट पर्दै उनि भन्छिन ‘ हाम्रो समान सबै गुणस्तरीयका नै हुन्छन।

बिना फाइदा कोहि पनि व्यवसाय गर्दैनन। सानो समान जस्तै कि पर्स, बच्चाको कपडाले हामीलाई फाइदा हुन्छ।’

‘सुपथ मुल्यमा व्यवसाय गरेकोले मलाई ओरपरबाट धेरै धम्कि पनि आइसकेको छ तर मैले हरेश नखाई आफ्नो व्यवसायमा नै ध्यान दिदै आएको छु’ उनि भन्छिन।

भिडियो हेर्नुस :

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...