बाबुको कर्तुतु बाहिरिएपछि सशस्त्र आइजीका छोरा ‘पत्रकारलाई पागल’ भन्दै यसरी कुर्लिए



हाम्रो इकोनोमि

 

दैनिक पत्रीका देखि लिएर डिजिटल पत्रीकाहरुमा सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालको बारेमा आएको समाचार प्रति खनालका छोरा सानिध्य खनालले आक्रोश पोखेका छन्।

आइतबार बिहानै नयाँ पत्रिका दैनिकमा सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले गाडीको दुरुपयोग गरेको भन्दै समाचार आएको थियो।

सोहि श्रोतलाई आधार बनाएर डिजिटल पत्रीकाहरुले पनि समाचार सम्प्रेषण गरे।

डिजिटल अनलाइन साइटमा त्यस्तो समाचार आएसँगै शैलेन्द्र पुत्र सानिध्यले अश्लिल शव्दको प्रयोग गर्दै पत्रकारहरुलाई गाली गरेका हुन्।

यस्तो थियो नयाँ पत्रिका दैनिकमा आएको समाचार :

“सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् ।

उनले बा.२झ ११७४, बा.१झ ६०९१, बा.१झ ८२६६, बा.२झ ३६८, बा.२झ ११७१, बा.२झ २३९१, बा.१झ ६६१३ र बा.१झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् ।

यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च सरकारले व्यहोर्दै आएको छ ।

समाचारको निचोड राज्यको रकम दुुरुपयोग भन्ने हो ।

खनालका साथमा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले राज्यकोषबाट किनिएका पाँच गाडी प्रयोग गर्दै आएको समाचार छ ।

बा.१४च ३२०९, बा.५च २२६४, बा.८च ७१९०, बा.१०च ३९२० र बा.७च १८४८ नम्बरका गाडी रेग्मीले भोगचलन गर्दै आएका छन् ।

यीमध्ये बा.१०च ३९२० नम्बरको उनकी छोरी र बा.७च १८४८ नम्बरको श्रीमतीले चढ्दै आएका छन् ।

गाडीका विषयमा समाचार आएपछि केही समय अघि नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले पत्रकार सम्मेलन गरी स्पष्टीकरण दिँदै ‘कर्मचारीका लागि रहेको’ बताएका थिए ।”

सम्पूर्ण पत्रकारलाई एकै घानमा हालेर लेखिएको स्ट्याटस उनले डिलिट गरिसकेको भएता पनि सामाजिक संजालमा स्क्रिनशट देखा परिरहेका छन्।

अंग्रेजीमा आफ्नो विचार राख्दै उनी लेख्छन्,”काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।, यी सबै पागल पत्रकारहरूलाई दुखमयी समवेदना।”

बाबु खनालले ८ वटा गाडी राखेको भनी आएको समाचारप्रति उनी “काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ” भन्ने उक्खन जोड्छन्।

यस्तै उनी पत्रकारहरु सबै कठोर मुुटु भएका रोगी मुसा हुन् भन्दै उनी लेख्छन्,”नर्कमा पनि तिमीहरूलाई ठाउँ छैन भन्ने सोच आएको छ ।”

यस्तो स्ट्याटस लेखेपछि उनको सामाजिक संजालमा व्यापक आलोचना हुन थालेपछि उनले फेसबुकबाट स्ट्याटस हटाएका थिए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...