मोदीको सुरक्षामा खटिएका प्रहरीलाई स्थानीयले ढुंगा हानेर मारिदिए



हाम्रो इकोनोमि

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सभालाई सुरक्षा दिन गएका एक प्रहरी अधिकारीकाे मृत्यु भएकाे छ ।

स्थानीय प्रदर्शनकारीले ए प्रहार गर्दा माेदीकाे सभालाई सुरक्षा दिन गएका प्रहरी सुरेश वत्सकाे मृत्यु भएको हाे ।

हिन्दी बीबीसीका अनुसार गाजीपुर प्रहरीका अनुसार प्रहरी सुरेश प्रधानमन्त्रीको सभामा सुरक्षा दिएर शनिबार बेलुका फर्किदै थिए ।

स्थानीय निषाद समुदायका केही व्यक्तिहरुले प्रहरी चौकी अगाडि प्रदर्शन गरिरहेको थिए ।

त्यहीबाेला स्थानीयले प्रहार गरेकाे ढुंगा लागेर प्रहरी सुरेशलाई चाेट लागेकाे थियाे ।

घटनामा अन्य दुई जना प्रहरी पनि गम्भीर घाइते भएका छन् ।

उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मोदी शनिबार उत्तरप्रदेशको गाजीपुरमा एक सभालाई सम्बोधन गर्न गएका थिए ।

निषाद समुदायले आरक्षणको माग गर्दै प्रधानमन्त्री आएको बेलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण सडक अवरुद्ध भएपछि प्रहरीहरु जाम खुलाउने प्रयासमा रहेका थिए ।

त्यही क्रममा प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...