९४ देशका २९३ प्रतिस्पर्धालाई उछिन्दै नेपाली छोरी सुनमायाले जितिन् अल्ट्रा म्याराथनको उपाधि
चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका (नेपाली छोरी) सुनमाया बुढाले जितेकी छिन् ।
बिहिबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्।
सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी पाँच घण्टा ४४ मिनेट ४९ सेकेण्ड लगाएर पार गर्दै प्रथम भएकी थिइन् भने सात घण्टा दुई मिनेट ४२ सेकेण्ड लगाएर संयुक्त राज्य अमेरिकाकी मेरिडिथ इडवार्डस् दास्रो र सात घण्टा ३६ मिनेट ४२ सेकेण्ड लगाएर चीनकी च्याङपिङ फ्याङ तेस्रो भइन्।
यसअघि उनले हङकङमा ५० किलोमीटर दौड (एसियान स्काईरनिङ) प्रतियोगितामा महिलातर्फ दोश्रो भएकी थिइन् ।
नेपालकी अर्की धाविका पूर्णलक्ष्मी न्यौपाने उक्त प्रतियोगितामा चौथों भएकी छन्।
जुम्लाकी सुनमाया बुढाले ५० किलोमिटरको दूरी ६ घण्टा ५२ मिनेटमा पूरा गरेर दोश्रो भएकी हुन्।
सुनमाया बुढा डिसेम्बर २ तारिखका दिन हङकङमै भएको एम्सिग लान्ताउ पाँच किलोमीटर भर्टिकल ट्रेल रनिङ तथा हाइकिङ प्रतियोगितामा दोश्रो भएकी थिइन्।
उनले पाँच किलोमीटरको दूरी ४८ मिनेट ०५ सेकेण्डमा पूरा गरेर दोश्रो भएकी थिइन्।
पूर्णालक्ष्मीले यो दूरी ७ घण्टा ४५ मिनेटमा पार गरेकी हुन् ।
विश्व च्याम्पियनसिपमा भने सुनमाया आठौं र पूर्णालक्ष्मी १८ औं स्थानमा रहन सफल भइन् ।
विश्वका तीन सय ६७ महिला पुरुष सहभागी मध्ये उनीहरु ८ र १८ स्थानमा आएको कर्णाली स्पोर्ट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
विश्वका महिला समूहमा सुनमाया दोस्रो र पूर्णालक्ष्मी न्यौपानेले चौथो स्थानमा रहन सफल भएको क्लबका अध्यक्ष शाहीले बताएका छन् ।
महिला तर्फ प्रथम हुने स्वीट्जरल्याण्डकी क्यारोलाईन चाभेरोटले आठ हजार पाँच सय डलर, दोस्रो हुने नेपालकी सुनमाया बुढाले चार हजार पाँच सय डलर, तृतीय हुने फ्रान्सकी मौड गोबर्टले चार हजार डलर, चौथो हुने नेपालकी पूर्णालक्ष्मी न्यौपानेले तीन हजार डलर र पाँचौ हुने केन्याकी सुसन जेम्भटाईले दुई हजार डलर पुरस्कार पाएका छन् ।


