साढे २ लाख घुससहित वडा सदस्य पक्राउ



हाम्रो इकोनोमि

 

सेवाग्राहीसँग घुस लिएको आरोपमा बर्दियाको राजपुर नगरपालिका १० का वड सदस्य पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सदस्य उत्तम चौधरीलाई पक्राउ गरेको हो ।

उनलाई २ लाख ५० हजार घुसहिथ कोठियाघाटस्थित ईच्छा होटलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

ट्रकको ठक्करले चितवनमा पत्रकार प्रवीण पौडेलको मृत्यु

पूर्वी चितवनको टाँडीमा ट्रकले ठक्कर दिँदा पत्रकार प्रवीण पौडेलको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका पौडेलको दिउँसो एक बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । पौडेलले एपी वान टेलिभिजनका क्यामरा पर्सन रुपमा काम गर्दै आएका थिए ।

 

उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

साइकलयात्रीको मृत्यु

चितवनको भरतपुरमा ट्रकको ठक्करबाट शुक्रबार विहान एक जना साइकलयात्रीको मृत्यु भएको छ । भरतपुरको वाइपास रोडमा ट्रकले ठक्कर दिदा मृत्यु हुने बारा गढिमाई नगरपालिका ३ मजुरीका १८ बर्षका श्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

तनहुँको आबुखैरेनीबाट बीरगञ्ज जाँदै गरेको ना ७ ख १३९४ नम्बरको ट्रकले भरतपुर बाइपास सडकको मालपोत चोक नजिकै भित्री सडकबाट निस्किएको साइकललाई ठक्कर दिएको थियो ।

 

ट्रकको ठक्करबाट घाइते भएका चौधरीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनी भरतपुर १० हाकिमचोकमा रहेको एक फर्निचर उद्योगमा काम गर्दै आइरहेका थिए । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...