यस्ता छन ओली-प्रचण्ड खटपटका तीन कारण



 

अघिल्लो असोजमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच संघीय तथा प्रदेश चुनावमा तालमेल गर्ने सहमति गरेपछि नजिकिएको केपी शर्मा ओली र प्रचण्डबीचको सम्बन्धमा अहिले आएर खटपट देखापरेको छ। गत जेठ ३ मा पार्टी एकीकरणपछि दुई नेताबीच पहिलोपल्ट खटपट परेको हो ।

जारी स्थायी समिति बैठकमा प्रचण्डले पार्टीको असन्तुष्ट पक्ष खुसी हुने गरी बोलेको भन्दै ओली प्रचण्डसँग असन्तुष्ट भएको एक नेताले नेपाल समयलाई बताए।

ओली असन्तुष्टिका तीन कारण  

नेकपा बैठकमा प्रचण्डले सरकारको बचाउ नगर्नु र राजनीतिक प्रतिवेदन सच्याउने प्रतिबद्धता प्रकट गर्नु तथा ओली निकट नेताहरूले माधव नेपाल पक्षतर्फ सहानुभूति प्रकट गर्नुले ओली असन्तुष्ट भएको नेकपा उच्च स्रोतले बतायो ।

नेकपा स्थायी समितिको जारी बैठकमा स्थायी समिति सदस्यहरूले सरकार र पार्टी नेतृत्वको आलोचना गरे। प्रधानमन्त्री केपी शर्मा ओली निकटबाहेकका अरूले सरकारको बचाउ गरेरन् ।

 

पूर्वमाओवादी केन्द्र निकट स्थायी समिति सदस्यहरूसमेत सरकार र पार्टीको आलोचनामा उत्रिए।  नेकपामा ओली निकट नेताहरू वरिष्ठ नेता माधव नेपाल पक्षसँग आक्रोशित थिए। बैठकमा उनीहरूले नेपाल पक्षतर्फ सहानुभूति प्रकट गर्दा ओली झस्किएका थिए।

बुधबारको बैठकमा प्रचण्डले सदस्यहरूलाई आश्वासन दिँदै राजनीतिक प्रतिवेदन सच्याउने प्रतिबद्धता प्रकट गरेका थिए। त्यस्तै उनको अर्को प्रस्ताव थियो, ‘अब सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउँछ ।’

 

उनले यसो भनिरहँदा ओलीको अनुहार अँध्यारो भएको एक स्थायी समिति सदस्यले बताए। अध्यक्ष प्रचण्डले जिल्ला, प्रदेश कमिटी एकीकरणका लागि स्थायी समितिबाट कार्यदल बनाएर जाने आश्वासन दिएका थिए। जुन भनाइले ओली झस्किएका थिए।

 

स्थायी समिति बैठकपछि प्रचण्डसँग पूर्व एमालेका असन्तुष्ट नेताहरू दंग भएका छन् । स्थायी समितिमा विभिन्न माग राखेर ज्ञापनपत्र बुझाउनेहरुसमेत प्रचण्डले स्थायी समितिमा दिएको अभिव्यक्तिप्रति खुसी भएका छन् ।

 

‘कतिपय स्थायी समिति सदस्य र स्वयं अध्यक्ष प्रचण्डप्रति हामी आभारी छौं, जसले हाम्रो आवाजको प्रतिनिधित्व गरिदिनुभएको छ’, हस्ताक्षर अभियानका अगुवा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले नेपाल समयसँग भने।

नेकपाभित्रको विवाद उम्लेको दूधजस्तो : ओली 

नेकपाभित्र बढेको असन्तुष्टिलाई ओलीले उम्लेको दूधजस्तो भएको दाबी गरेका छन् । नेकपा संसदीय दलको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘ नेकपाको विवाद आगो बालेर उमालेको दूधजस्तो हो, मुनिको दाउरा झिक्नेबित्तिकै थचक्कै बस्छ’, ओलीको भनाई उधृत गर्दै एक सांसदले भने।

 

त्यसैगरी ओलीले हस्ताक्षर संकलन गर्ने नेताहरुप्रति संकेत गर्दै चल्लाले खरानी खोस्रेको संज्ञा दिए। ‘ एउटा चल्ला खरानी खोस्रन अघि लाग्यो भने अरु पनि पछि लाग्छन् तर खरानी खोस्रेपछि तितरबितर हुन्छन्’, ओलीले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस
पाथीभरा दर्शन केवलकार निर्माण शिलान्यास कार्यक्रममा झडप

    ताप्लेजुङको फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा स्थानीयबीच झडप भैरहेको छ । पाथीभरा

म आफैं अदालत उपस्थित हुन्छु : मनाङे

    गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट

ऊर्जा राज्यमन्त्री तामाङ कै कम्पनी कालोसूचीमा

    प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन

हेटौंडा १२ मा एमालेका उम्मेदवार राजेश नगरकोटीले जित्ने बजार हल्ला

     निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि