कुटनीतिक मर्यादाविपरित काम गरेपछि लालबाबु राउतको पद धरापमा



हाम्रो इकोनोमि

 

प्रदेश २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै तत्काल छानविन गर्न सरकारसँग माग गरेका छन् ।

 

शुक्रबार विहान प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाका ११ जना सांसदहरुले प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरिरहेको उल्लेख गर्दै छानविन गर्न माग गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

कुटनीतिक मर्यादाविपरित काम गरेपछि लालबाबु राउतको पद धरापमा परेको छ ।

 

प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरितका गतिविधि गरिरहेकाले छानविन गर्न सरकारसँग माग गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रभु साहले जानकारी दिए ।

 

सांसदहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, अन्य विशिष्ट कर्मचारीहरुलाई परराष्ट्र नीति सञ्चालनका सम्बन्धमा आवश्यक प्रशिक्षण दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

 

कूटनीतिक मर्यादा विपरितका गतिविधि हुन नदिन कूटनीतिक आचारसंहिता परिमार्जन गरी कडाईका साथ लागू गर्न पनि सरकारसँग माग गरिएको छ । संघीयता अनुकूल परिमार्जन गरी कूटनीतिक आचारसंहिताको पूर्ण पालना गराउन पनि सरकारलाई सचेत गराइएको प्रतिनिधिसभाका सांसद साहले बताए ।

 

सांसदहरुले प्रधानमन्त्री, मन्त्री, मुख्य राजनीतिक दलका नेताहरुले कूटनीतिक नियोगका प्रमुखहरुसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका अधिकारीहरु अनिवार्य रहने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । त्यसैगरी परराष्ट्र मन्त्रालयको स्विकृतिविना प्रदेश सरकारलाई कूटनीतिक भेटघाट गर्न नदिन पनि सरकारलाई आग्रह गरिएको प्रतिनिधिसभाका सांसद साहले जानकारी दिए ।

 

ज्ञापनपत्रमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा अविलम्ब कार्यकारी निर्देशक नियुक्त गर्नुका साथै संघीयता अनुकूल उक्त संस्थाको पनि पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।

 

सांसदहरुको ज्ञापत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक आचारसंहिता परिमार्जनको क्रम सुरु भएको उल्लेख गर्दै तयार हुनेवित्तिकै त्यसलाई कडाईका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

उनले मुलुक संघीयताको नयाँ चरणमा प्रवेश गरेकाले सोही अनुसारको कानुन बनाउने काममा ध्यान दिँदा कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा केही कमीकमजोरी हुन गएको स्वीकार गर्दै आईन्दा त्यस्ता कमी हुन नदिने आश्वासन पनि सांसदहरुलाई दिएका थिए ।

 

२०६८ सालमा बनेको कूटनीतिक आचारसंहितालाई संशोधन गर्ने सरकारको तयारी छ । मन्त्री ज्ञवालीले सो आचारसंहिता संशोधन गरेपछि त्यसलाई कडाईका साथ कार्यान्वयनमा लैजाने स्पष्ट पारे ।

 

संविधानले व्यवस्था गरे अनुसार कूटनीतिक मर्यादा कायम गर्न÷गराउन माग गर्दै परराष्ट्रमन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाउने प्रदेश २ का प्रतिनिधिसभाका सांसदहरु प्रभु साह, लिलानाथ श्रेष्ठ, चाँदतारा कुमारी, दिलकुमारी, रेखाकुमारी झा, बोधमाया यादव, समिना हुसेन, सुमनराज प्याकुरेल रहेका छन् भने प्रदेशसभा सांसदहरुमा प्रमोदकुमार यादव, रामकुमार यादव र भरतप्रसाद साह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...