एकीकरणलाई अन्तिमरुप दिन ९ सदस्य कार्यदल गठन, जनार्दन शर्मा कार्यदलमा अटेनन्



हाम्रो इकोनोमि

 

नेकपा स्थायी कमिटीको बैठकले एकीकरणका बाँकी कार्यभार पुरा गर्न ९ सदस्यीय कार्यदल गठन गरेको छ । पुस मसान्तसम्म एकीकरणको काम सक्ने गरी बैठकले कार्यदल गठन गरेको प्रबक्ता नारायणकाजी श्रेष्ठले बताए ।

एकीकरणको कामलाई अन्तिमरुप दिन महासचिव बिष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलले पुस मसान्तभन्दा पहिले नै आफ्नो प्रतिवेदन बुझाउने भएको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि सचिवालयमा छलफल हुने र त्यसपछि स्थायी कमिटीमा लिएर पारित गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यही महिनाभित्र फेरी स्थायी कमिटीको बैठक बस्ने भएको छ । कार्यदलले सिफारिस गरेका आधारमा जिल्ला, नगर, गाउँ कमिटी र जनबर्गाीय संगठनको एकीकरण हुने भएको छ । कार्यदलमा पूर्व एमालेबाट ६ र माओवादी केन्द्रबाट तीन नेता रहेका छन् ।

कार्यदलबाट जनार्दन शर्मा फुत्किए

कार्यदलमा जनार्दन शर्माको नाम पनि प्रस्तावित गरिएको थियो । तर उनी बैठक अबधिभर अमेरिकामा भएका कारण उनको नाम समावेश नभएको एक स्थायी कमिटी सदस्यले बताए । कार्यदलमा सवै प्रदेशबाट प्रतिनिधित्व गराइएको छ । तर कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका शर्मा भने कार्यदलमा अट्न सकेनन् । उनी पारिवारिक कामको सिलसिलामा अमेरिकामा छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...