एकीकरणलाई अन्तिमरुप दिन ९ सदस्य कार्यदल गठन, जनार्दन शर्मा कार्यदलमा अटेनन्



हाम्रो इकोनोमि

 

नेकपा स्थायी कमिटीको बैठकले एकीकरणका बाँकी कार्यभार पुरा गर्न ९ सदस्यीय कार्यदल गठन गरेको छ । पुस मसान्तसम्म एकीकरणको काम सक्ने गरी बैठकले कार्यदल गठन गरेको प्रबक्ता नारायणकाजी श्रेष्ठले बताए ।

एकीकरणको कामलाई अन्तिमरुप दिन महासचिव बिष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलले पुस मसान्तभन्दा पहिले नै आफ्नो प्रतिवेदन बुझाउने भएको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि सचिवालयमा छलफल हुने र त्यसपछि स्थायी कमिटीमा लिएर पारित गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यही महिनाभित्र फेरी स्थायी कमिटीको बैठक बस्ने भएको छ । कार्यदलले सिफारिस गरेका आधारमा जिल्ला, नगर, गाउँ कमिटी र जनबर्गाीय संगठनको एकीकरण हुने भएको छ । कार्यदलमा पूर्व एमालेबाट ६ र माओवादी केन्द्रबाट तीन नेता रहेका छन् ।

कार्यदलबाट जनार्दन शर्मा फुत्किए

कार्यदलमा जनार्दन शर्माको नाम पनि प्रस्तावित गरिएको थियो । तर उनी बैठक अबधिभर अमेरिकामा भएका कारण उनको नाम समावेश नभएको एक स्थायी कमिटी सदस्यले बताए । कार्यदलमा सवै प्रदेशबाट प्रतिनिधित्व गराइएको छ । तर कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका शर्मा भने कार्यदलमा अट्न सकेनन् । उनी पारिवारिक कामको सिलसिलामा अमेरिकामा छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...