कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन कांग्रेसको चेतावनी



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । शुक्रबारको संसद बैठकमा कांग्रेस सांसद गगन थापाले अध्यादेश फिर्ता लिएर तत्काल संघ, प्रदेश र स्थानीय तहको निजामती सेवा ऐन ल्याउन आग्रह गरे ।

 

कर्मचारीको समस्या सुल्झाउन कांग्रेसले सरकारलाई सहयोग गर्ने भन्दै उनले संसदमा ऐन पारित गर्न रातारात काम गर्न तयार रहेको बताए । ‘अध्यादेश फिर्ता लिएर जानोस् तत्काल तीनै तहको ऐन ल्याउनोस्’ उनले भने ‘संसदमा रातारात काम गरौं कर्मचारीको समस्या समाधान गर्ने कुरामा सरकारसँग मिलेर काम गर्ने प्रस्ताव राख्छौं ।’

 

कर्मचारी समायोजन अध्यादेशले एकैपटक सेवा प्रवेश गरेका कर्मचारीमध्ये कसैलाई मुख्यसचिवसम्म हुने बाटो दिएको र कसैलाई प्रदेश र स्थानीय तहकै खुम्चिनुपर्ने बाध्यता सिर्जना गरेको थापाले बताए । एक जना सेवा निवृत्त हुन लागेका सचिव र केही वरिष्ठ कर्मचारीको स्वार्थमा अध्यादेश आएको भन्दै थापाले यसलाई फिर्ता लिनुपर्ने बताएका हुन् ।

 

शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयन नगर्ने भएपछि सरकारले संघीय निजामती सेवा ऐन, प्रदेश र स्थानीय निजामती सेवा ऐन ल्याएको भए अहिलेको समस्या नआउने भन्दै थापाले सरकार उल्टो बाटो हिँडेको आरोप लगाए । सरकारलाई सुल्टो बाटो हिँडाउने जिम्मा प्रधानमन्त्रीको भए पनि उनी काम गर्न भन्दा बोल्नेमात्रै गरेको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...