निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बालात्कारपछि हत्या भएकाे पाँच महिना बितिसकेकाे छ । तर अहिलेसम्म पनि अपराधीको पहिचान हुन सकेको छैन । निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै दिनहुँ नै प्रर्दशन हुदैँ आएकाे छ ।

 

निर्मलाका लागि सर्वसाधरण, महिला अधिकारकर्मी, विभिन्न संघ संस्था र राजनीतिक दलहरूले न्याय माग्दै आइरहेका छन् । सुरुमा जनस्तरबाट स्वस्फूर्तमा रुपमा सुरु भएकाे याे न्यायकाे आन्दाेलनमा अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसदेखि नयाँ शक्ति, विवेकशील साझा, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीलगायतका राजनीतिक दलहरू संलग्न भएको देखिन्छ ।

 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्याे । उक्त सम्मेलनमा पार्टीका प्रवक्ता खडकबहादुर विश्वकर्मा (प्रकाण्ड) ले निर्मला पन्त सरकारमा संलग्न र उच्च पदस्थ व्यक्तिका छोरी भए के हुन्थ्यो भनेर गम्भीर प्रश्न गरेका छन् ।

 

उनले भने, ‘ओलीजीकै छोरीलाई त्यस्तो भएको भए ओलीजी के गर्नु हुन्थ्यो? प्रचण्डकै छोरीलाई परेको भए के गर्नुहुन्थ्यो? शेरबहादुरकै छोरीलाई परेको भए के गर्नुहुन्थ्यो? बादलजीकै छोरीलाई त्यस्तो परेको भए बादलजी के गर्नुहुन्थ्यो?’ प्रवक्ता प्रकाण्डले बहुमतकाे सरकारले जनताकाे सुरक्षा गर्न नसकेकाे आराेप समेत लगाए ।

 

सरकारमा संलग्न र उच्च पदस्थ व्यक्तिका छोराछोरीमाथि यस्तो घटना नभएका कारण उनीहरू गम्भीर नभएको उनले आरोप लगाए। सरकारले निर्मलाका हत्यारालाई कारबाही गर्न नसकेकाे भन्दै आफ्नो पार्टीले कारबाही गर्ने दबी गरे । उनले भने, ‘जनताको पहलकदमीमा, पार्टीको नेतृत्वमा यो घटनाको सत्यतथ्य जनताको बिचमा ल्याएर पार्टीले कारबाही गर्छ गर्छ। यत्ति लेखिराख्नुस्, टाइम मात्रै दिनुस्।’

 

उनले सरकार हटाउने खेल समेत शुरू भएकाे बताए । भारत र अमेरीकासँग वर्तमान प्रधानमन्त्री केपी ओली नमिलेका कारण यस्तो चलखेल सुरु भएको उनले बताए। ‘भारत र अमेरीकासँग प्रधानमन्त्री केपी ओली नमिलेकाे कारण सरकार हटाउने खेल शुरू भएकाे छ’, उनले भने, ‘५ वर्ष त टाढाको कुरा भयो, एक बर्ष पनि जाँदैन । यो खेल भएको छ ।’

 

उनले वर्तमान सरकार स्थायी हुन नसक्ने दाबी गरे । अहिलेको सरकार विघठन गरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल वा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकार ल्याउने खेल भइरहेको प्रकाण्डले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...