नेपाल आइडलको सिजन २ विजेता रवि ओडको जीवनः गरिबी, खुशी अनी विपत्ती



हाम्रो इकोनोमि

 

रवि ओडले सानैमा आफ्नी आमा गुमाए ।

तर, उनका बाबुले दोश्रो बिहे गरेर ल्याएकी बिष्णा ओडले रविलाई कहिले पनि सौतेनी आमाको महशुश हुन दिएकी थिइनन् ।

रवि ओड आफ्नी सौतेनी आमा भएपनि बिष्णाको मायाले यति धेरै खुशी थिए कि, उनले बिष्णा आफ्नी सौतेनी आमा हुन् भन्ने नै विर्सिएका थिए ।

यसैले पनि भारतमा मजदुरी गर्ने आफ्नो बुबा, आमा बिष्णा र परिवारलाई सुख दिने अठोट उनको थियो ।

यही अठोटले त उनी कहिले कता कहिले भौतारिए त कहिले म्यादी प्रहरीको जागिर पनि खाए ।

तर, पनि रविको मनमा गुम्सिएको संगीत प्रतिको जुन लगाव थियो, त्यसले ज्वालामुखी विष्फोटनका लागि अलीकती नरम धर्ती खोजिरहेको थियो । उनका लागि यही धर्ती बन्यो, नेपाल आइडलको सिजन २ ।

नेपाल आइडलको सिजन २ मा अडिसन दिएपछि रविले पछाडि फर्किएर हेर्नु परेन । रवि निरन्तर रुपमा अगाडि बढिरहे ।

र अन्त्यमा देशभरबाट प्रतिस्पर्धा गर्न आएका हजारौ प्रतिस्पर्धीको विचबाट उनले नेपाल आइडल जिते ।

जितमा आलोचना र प्रशंसा

रवि ओडको जितमा आलोचना र प्रशंसा उस्तै भयो ।

किनकी, उनीसँगै अन्तिम ४ मा पुगेका विक्रम बराललाई दाबेदारको रुपमा हेरेकाहरु एकहोरो भए ।

विक्रम नै जितका लागि लायक भएको बताउने उनीहरुले रविको प्रतिभा नै मुल्यांकन गरेनन् । बरु, रविलाई उही गरिबी र दुख विसाएर भोट कमाएको आरोप लाग्यो ।

हुनत, हरेक ठाउँमा जितमा सुख र आलोचना दुबै मिल्छ ।

रवि ओड यी सबै आलोचनालाई किनारा लगाउँदै आफ्नी आमा र परिवारलाई सुख दिने सपनामा तल्लिन भैसकेका थिए ।

यसैले उनले जितेको कारको सट्टामा पैसा नै लैजाने बताएका पनि थिए ।

उनी आमाका लागि नयाँ सारी, आमा र बुबा बस्नका लागि नयाँ घर बनाउन चाहन्थे ।

नेपाल आइडलको अन्तिम ४ मा पुगेपछि उनी आफ्नी आमालाई भेट्नका लागि गाउँ पुगेका थिए ।

सो समयमा बिष्णाले रविप्रति देखाएको मायाले सबैको मन पग्लिएको पनि थियो । तर, रविको आमासँगको त्यो भेट नै अन्तिम बन्न पुग्यो ।

सुख साट्न नपाउँदै आएको विपत्ती

लामो समय छोराका लागि दिनरात नभनी काम गरेकी बिष्णाले उही छोराको खुशी हेर्न पाइनन् । बुधबार घरमै ह्यान्डपम्पबाट पानी तान्ने क्रममा उनको करेन्ट लागेर निधन भयो । छोराले आमा मैले नेपाल आइडल जिते है, अब तिम्रा दुखको दिन गयो है भन्न नपाउँदै बिष्णाले छोराको आँखामा आँशु थमाएर सदा सदाका लागि बिदा भइन् ।

बिष्णाको निधनले सामाजिक संजाल पनि रोयो । किनकी, खुशीमा रमाउँदै गरेका रविलाई यति ठूलो बज्रपात यति चाडो पर्छ भनेर कमैले मात्र सोचेका थिए ।
रवि ओडको जिन्दगीमा अब यो खुशी साट्नका लागि आमा छैनन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...

आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ ।...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ

    नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको...