नेपाल आइडलको सिजन २ विजेता रवि ओडको जीवनः गरिबी, खुशी अनी विपत्ती



 

रवि ओडले सानैमा आफ्नी आमा गुमाए ।

तर, उनका बाबुले दोश्रो बिहे गरेर ल्याएकी बिष्णा ओडले रविलाई कहिले पनि सौतेनी आमाको महशुश हुन दिएकी थिइनन् ।

रवि ओड आफ्नी सौतेनी आमा भएपनि बिष्णाको मायाले यति धेरै खुशी थिए कि, उनले बिष्णा आफ्नी सौतेनी आमा हुन् भन्ने नै विर्सिएका थिए ।

यसैले पनि भारतमा मजदुरी गर्ने आफ्नो बुबा, आमा बिष्णा र परिवारलाई सुख दिने अठोट उनको थियो ।

यही अठोटले त उनी कहिले कता कहिले भौतारिए त कहिले म्यादी प्रहरीको जागिर पनि खाए ।

तर, पनि रविको मनमा गुम्सिएको संगीत प्रतिको जुन लगाव थियो, त्यसले ज्वालामुखी विष्फोटनका लागि अलीकती नरम धर्ती खोजिरहेको थियो । उनका लागि यही धर्ती बन्यो, नेपाल आइडलको सिजन २ ।

नेपाल आइडलको सिजन २ मा अडिसन दिएपछि रविले पछाडि फर्किएर हेर्नु परेन । रवि निरन्तर रुपमा अगाडि बढिरहे ।

र अन्त्यमा देशभरबाट प्रतिस्पर्धा गर्न आएका हजारौ प्रतिस्पर्धीको विचबाट उनले नेपाल आइडल जिते ।

जितमा आलोचना र प्रशंसा

रवि ओडको जितमा आलोचना र प्रशंसा उस्तै भयो ।

किनकी, उनीसँगै अन्तिम ४ मा पुगेका विक्रम बराललाई दाबेदारको रुपमा हेरेकाहरु एकहोरो भए ।

विक्रम नै जितका लागि लायक भएको बताउने उनीहरुले रविको प्रतिभा नै मुल्यांकन गरेनन् । बरु, रविलाई उही गरिबी र दुख विसाएर भोट कमाएको आरोप लाग्यो ।

हुनत, हरेक ठाउँमा जितमा सुख र आलोचना दुबै मिल्छ ।

रवि ओड यी सबै आलोचनालाई किनारा लगाउँदै आफ्नी आमा र परिवारलाई सुख दिने सपनामा तल्लिन भैसकेका थिए ।

यसैले उनले जितेको कारको सट्टामा पैसा नै लैजाने बताएका पनि थिए ।

उनी आमाका लागि नयाँ सारी, आमा र बुबा बस्नका लागि नयाँ घर बनाउन चाहन्थे ।

नेपाल आइडलको अन्तिम ४ मा पुगेपछि उनी आफ्नी आमालाई भेट्नका लागि गाउँ पुगेका थिए ।

सो समयमा बिष्णाले रविप्रति देखाएको मायाले सबैको मन पग्लिएको पनि थियो । तर, रविको आमासँगको त्यो भेट नै अन्तिम बन्न पुग्यो ।

सुख साट्न नपाउँदै आएको विपत्ती

लामो समय छोराका लागि दिनरात नभनी काम गरेकी बिष्णाले उही छोराको खुशी हेर्न पाइनन् । बुधबार घरमै ह्यान्डपम्पबाट पानी तान्ने क्रममा उनको करेन्ट लागेर निधन भयो । छोराले आमा मैले नेपाल आइडल जिते है, अब तिम्रा दुखको दिन गयो है भन्न नपाउँदै बिष्णाले छोराको आँखामा आँशु थमाएर सदा सदाका लागि बिदा भइन् ।

बिष्णाको निधनले सामाजिक संजाल पनि रोयो । किनकी, खुशीमा रमाउँदै गरेका रविलाई यति ठूलो बज्रपात यति चाडो पर्छ भनेर कमैले मात्र सोचेका थिए ।
रवि ओडको जिन्दगीमा अब यो खुशी साट्नका लागि आमा छैनन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको