राष्ट्रिय जलवायु सम्मेलनको चर्चाले चम्किएको गुफाडाँडा



हाम्रो इकोनोमि

 

कमैले मात्रै सुनेको सिन्धुपाल्चोक मेलम्चीनगरपालिका–९, ज्यामिरेको गुफाडाँडा अहिले एकाएक चर्चामा छ । मेलम्चीनगरपालिका भित्रका पनि कमैले सुनेको २ हजार ५सय मिटरको उचाइमा रहेको गुफाडाँडा क्षेत्र अहिले राष्ट्रिय चर्चाको शिखरमा छ । सर्वत्र गुफाडाँडाको चर्चा भएपछि अहिले यो क्षेत्र हेर्न आउँनेहरुको भीड नै लाग्न सुरु गरेको छ ।

 

पहिचानविहीन गुफाडाँडामा जिल्ला समन्वय समिति महासंघको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको समन्वयमा राष्ट्रिय जलवायु सम्मेलन हुन लागेपछि गुफाडाँडाको चर्चा बढेको हो ।

 

पुस १५ देखि १७ सम्म हुने जलवायु सम्मेलनको मिति नजिकिँदै गर्दा यहाँको भौतिक संरचन निर्माणले तीव्रता पाएको छ । मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको नवलपुर हुँदै सम्मेलन स्थल गुफाडाँडामा पुग्न सकिन्छ । यहाँ सम्मपुग्नका लागि सडकलगायतका अन्य संरचनाहरु निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

 

ठूला–ठूला चौर, प्राकृतिक हिसाबले महत्वपूर्ण रहेको यस क्षेत्रमा सडक लगायत खानेपानी, विद्युतीकरणका काम मात्रै होइन, इमेल इन्टरनेटको पनि व्यवस्था गरिएको छ ।

 

मेलम्चीनगरपालिकाको अगुवाइमा यहाँ अहिले संरचना निर्माणको काम भइरहेको छ । आफ्नो क्षेत्रको विकास हुने भएपछि यहाँका स्थानीय बिहानदेखि बेलुकी सम्म काममा खटिन थालेका छन् । आफ्नै गाउँमा राष्ट्रिय स्तरको सम्मेलन हुने भएपछि राजधानीलगायत अन्यत्र रहेका यस क्षेत्रका स्थानीय गाउँ आउन सुरु गरेका छन् ।

 

यो सम्मेलन पछि हाम्रो गाउँको विकास हुन्छ, त्यसैले हामी सबै सम्मेलन भव्य बनाउन लागिपरेका छौं’, स्थानीय पासाङ तामाङले भने, ‘चर्चामा नै नरहेको हाम्रो क्षेत्रलाई रािष्ट्रय रुपमा नै चर्चामा ल्याउने काम भएको छ, हाम्रोतर्फबाट सबै सहयोग हुनेछ ।’

 

सम्मेलनको सबै तयारी अन्तिम चरणमा

पुस १५ र १६ गते हुने राष्ट्रिय जलवायु सम्मेलनको सबै तयारी अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको छ ।

 

सम्मेलनमा विभागीय मन्त्री, प्रदेश ३ का मुख्यमन्त्री, जिल्लाका संघीय र प्रदेश सासंदहरुको सहभागिता रहनेछ । सम्मेलनमा ७७ वटै जिल्ला समन्वय समितिका प्रमुख, उप–प्रमुखसहित प्रत्येक जिल्लाबाट तीन जनाको सहभागीता रहने प्रमुख तामाङले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुका लागि बस्ने व्यवस्था मेलम्चीमा गरिएको छ ।सम्मेलनमा जलवायु परिवर्तनले गरेको असर, प्रभावको विषयमा विज्ञहरुले कार्यपत्र पेस गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...