वन मन्त्रालयका नासु १२ वर्षदेखि स्टोर शाखामै



हाम्रो इकोनोमि

 

वन तथा वातावरण मन्त्रालयका नासु विश्व काफ्ले विगत १२ वर्षदेखि स्टोर शाखामा काम गर्दै आएका छन् । मन्त्रालयले २ पटकसम्म सरुवागरी पठाउन खोजेपनि एउटै शाखामा काम गर्दै आएका हुन । स्टोर शाखामा बस्दा मोटो कमिसन पाईने भएकाले सरुवा हुन अटेर गरेको मन्त्रालयका एक कर्मचारीले बताए ।

 

विस २०६३ सालमा स्टोर शाखामा प्रवेश गरेका काफ्लेलाई लामो एउटै ठाउँमा शाखामा बसकेको भन्दै सरुवा गरियो । उनलाई ०७४ साल भदौमा स्थानीय विकास मन्त्रालयमा सरुवा गरियो । तर, मन्त्रालयका सचिव डा विश्वनाथ ओलीको संरक्षण पाएपछि पुन स्टोर शाखामा फर्किएका थिए ।

 

स्थानीय विकास मन्त्रालय जान अटेर गरेपछि पुन गत साउनमा राष्ट्रपति कार्यालय सरुवा गरिएको थियो । तर, मन्त्रालयको निर्णयलाई अटेर गर्दै राष्ट्रपति कार्यालय जान इन्कार गरेका छन् । काफ्ले आफुलाई सचिव विश्वनाथ ओली निकट भएको बताउँदै जान अस्विकार गरेको मन्त्रालयका एक कर्मचारीले बताए । ‘काफ्ले जीलाई सचिव विश्वनाथ ओलीले निक्कै च्याप्नु हुन्छ । स्टोर शाखाबाट उहाँलाई सरुवा नै गर्न मान्नु हुन्न ।

 

’ एक कर्मचारीले भने, तर,‘काफ्लेको विषयमा मन्त्री शक्तिबहादुर बस्नेतलाई सबै थाहा भएपनि सरुवा गर्न सक्नु भएको छैन ।’ मन्त्री बस्नेतेले सरुवा गर्ने इच्छा देखाएपनि सचिव ओलीको दवावका कारण काफ्लेको सरुवा गर्न सकेका छैनन् । तर, मन्त्रालयका नासु विश्व काफ्लेले आफुलाई रमाना नपाएकाले राष्ट्रपति कार्यालय जान नसकेको बताए ।

 

‘मैले रमाना मागी रहेको छु मैले पाएको छैन ।’ काफ्लेले भने, ‘रमाना पाए लगतै राष्ट्रपति कार्यालय जान्छु ।’ तर, काफ्लेले स्टोर शाखामा विगत ४ वर्षदेखि काम गर्दै आएको बताए । निजामती सेवा ऐनको प्रावधान अनुसार सामान्यतया २ वर्षमा निजामति कर्मचारीको सरुवा हुने प्रावधान छ । तर, मन्त्रालयका हरेक समान स्टोर शाखाले खरिद गर्ने भएकाले कमिसनको चक्करमा एउटै ठाउँमा बस्ने गरेको एक कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...