आज पुस १३ गते शुक्रबारको राशिफल पढौ, पशुपति नाथको दर्शन गर्दे भेटी स्वरुप एक सेयर गरौं



हाम्रो इकोनोमि

 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ 
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। अस्वस्थताले कमजोर महसुस हुनेछ। तापनि शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मिहिनेतले काम बनाउन सकिनेछ।

 

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग जोगिएर काममा जुट्नुहोला। शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। बन्धु–बान्धव पनि नजिकिनेछन्।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह 

निर्णायक  मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। सहयोगीहरू पछि हट्न सक्छन्। आँटेको काममा पनि केही व्यवधान हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो 

आलस्य गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि केही विवाद आउन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्वाकांक्षी योजना गोप्य राख्नु बुद्धिमानी हुनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे 

नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। पार्टी–भोजको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला।

 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो 

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको कामसमेत सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको प्रतिफल प्राप्त हुनेछ। टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ। घरायसी काम भने रोकिन सक्छ।

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते 

मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

 

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु 

बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम गर्न समय पर्खनुहोला।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 

श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइने परिस्थिति देखिन्छ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। तापनि, मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। सामाजिक दायित्व पनि बढ्नेछ। लगनशीलताले विशेष उपलब्धि प्राप्त हुनेछ भने भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

 

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि

काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द 

परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि 

सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउनेछ। केही चुनौतीहरू देखिनेछन्। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...