इन्काउन्टर गर्ने प्रहरी हुँ भन्दै १ करोडभन्दा बढी ठगी गर्ने पक्राउ



हाम्रो इकोनोमि

 

‘म प्रहरी हुँ तर ड्रेस लगाउँदिन । सिभिलमा हिँड्छु, इन्काउन्टर गर्ने काम गर्छु,’ यो जीवन गुरुङको परिचयसँगै डर पैदा गर्ने तरिका थियो । प्रहरीका अनुसार त्यतिमात्रै होइन मोबाइलमा प्रहरीले बोक्ने वाकीटकीमा आउने आवाजजस्तै सेट गर्ने र बेला–बेलामा प्रहरी भएको भ्रम दिने कोशिस पनि गर्थे ।

 

प्रहरी हो भन्ने भ्रम छर्ने, सुरुमा प्रभावित पार्ने गरी परिचय गर्ने र विभिन्न बाहनामा पैसा मागेर फिर्ता मागे फेरि डर देखाउने जीवनको तरिका थियो । लमजुङ मर्स्याङ्दी गाउँपालिका–१ का २८ वर्षीय जीवनको ठगी गर्ने यो तरिका त्यतिञ्जेलसम्म चल्यो, जतिञ्जेल प्रहरीले पत्ता लगाएन ।

 

पोखरा र आसपासका व्यावसायीलाई  प्रहरीको हवाला दिएर रकम असुली गरेको आरोपमा प्रक्राउ परी अहिले जीवन जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । जीवन समातिएपछि आफू ठगिएको भन्दै उजुरी गर्न आउनेहरु थुप्रै छन् । पोखरा–१० रामबजारको गुमान गुरुङले जीवनले ७ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।

 

स्याङ्जाका कुमबहादुर गुरुङसँग २६ लाख रुपैयाँ ठगेको भन्दै प्रहरीकोमा गुनासो पुगेको छ । जीवनले गुरुङलाई निजी गाडी किन्न सहयोग गर्ने बताउँदै ठगी गरेका थिए । गाडी खरिद गरिदिने बताउँदै जीवनले सुरुमा २२ लाख रुपैयाँ र पछि ४ लाख ५० हजार रुपैयाँ आइएमईमार्फत मगाएका थिए ।

 

५५ लाख रुपैयाँ पर्ने गाडी खरिद गर्न भन्दै पैसा मगाएका जीवन कुमबहादुरसँग साउनदेखि नै टाढा हुन थालेका थिए । उनले कहिले फोन नउठाउने कहिले उठाएर उल्टै धम्क्याउने गर्थे ।

 

बुधबार कुमबहादुरले फेरि नक्कली प्रहरी जीवनलाई फोन गरे तर फोन सक्कली जीवनले होइन प्रहरीले उठायो । तबमात्रै कुमबहादुर झस्किए, उनी आफू ठगिएको पक्का भयो र आफूमात्रै होइन ठगिनेमा धेरै जना रहेछन् ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीमा अहिले ३२ जना यस्ता व्यक्तिले आफू जीवनबाट गठिएको भन्दै उजुरी दिएका छन् । उजुरी गर्न आउने क्रम जारी रहेकाले लाखौं रुपैयाँ ठगेको हुनसक्ने कास्की प्रहरी प्रमसख एसपी ओम रानाले बताए ।

 

पहिले पैसा माग्ने र फिर्ता माग्नेलाई आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत असई हो भन्दै थर्काएको जीवनले प्रहरीलाई बयान दिएका छन् । आफू इन्काउन्टर गर्ने प्रहरी बताउँदै जीवनले पैसा असुली गरेका थिए ।

 

प्रहरीका अनुसार जीवनले पहिलो, दोस्रो पटककै भेटमा मान्छेसँग सम्बन्ध निर्माण गरी प्रभावित पार्ने र त्यसपछि विभिन्न बाहानामा पैसा माग्ने गर्थे । पैसा लिइसकेपछि फिर्ता मागे उल्टै थर्काउने गरेको गुनासो पीडितहरुको छ ।

 

जीवनलाई ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जीवनले पोखराका दोहोरी साँझ र विभिन्न होटलमा जाने टन्न खाने र प्रहरी हुँ भन्दै पैसा नतरी हिँड्ने गरेको गुनासो लिएर प्रहरी कार्यालय पुगिरहेका छन् ।

 

जीवनले पोखरा र आसपासका विभिन्न व्यवसायीलाई ठगेको प्रहरीको भनाइ छ । जीवनले १ करोडभन्दा बढी रकम ठगी गरेको अनुमान प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...