विवाहको कार्डसमेत छापियो तर विवाह हुन सकेन,५३ बर्षिय खानको यस्तो छ लभ स्टोरी



हाम्रो इकोनोमि

 

 

बलिउड स्टार सलमान खानले २७ डिसेम्बरमा आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन् ।

५३ बर्षको लाग्दासम्म पनि उनले विवाह गरेका छैनन् ।

विवाह नगरेपनि उनको नाम कुनै न कुनै महिलसंग भने जोडिनै रहन्छ ।

आजकाल सलमान रोमानियाकी मोडल एवं कार्यक्रम प्रस्तोता युलिया भन्तुरलाई डेट गरिरहेको बताइन्छ ।

युलिया अघि सलमानसंग नाम कस कसको जोडिए त ?

संगीता बिजलानीः सलमानको जीवनमा जति पनि महिला आए तीमध्ये संगीता बिजलानीसँग मात्र विवाहको कुरा चल्यो ।

संगीतासँग सलमानको विवाहको कार्डसमेत छापिएको बताइन्छ ।

सन् १९९४ मा हुने भनिएको यो विवाहको तयारीका बीच संगीतालाई सलमानको अफेयरबारे थाहा भएपछि दुबैले भिन्न बाटो रोजेको भारतीय समाचार एजेन्सीले बताउने गरेका छन् ।

यी दुईबीच अहिलेसम्म पनि साथीको सम्बन्ध भने कायमै छ ।

सोमी अलीः सलमान सोमी अलीसँगको सम्बन्धमा पनि निकै सिरियस छन् भन्ने खबर आएको थियो ।

सोमीले १९ वर्षको उमेरमा बलिउडमा डेब्यू गरेकी थिइन् ।

भारतीय मिडियाका अनुसार सोमीको सुन्दरतामा सलमान फिदा त थिए नै उनी सोमीमाथि अधिकारसमेत जमाउँथे ।

दुबैले करिब ६ वर्ष डेट गरेपछि भिन्न बाटो रोजे ।

त्यसपछि सोमी सबैकुरा छोडेर पाकिस्तान फिर्ता भइन् ।

ऐश्वर्या रायः सलमानको नाम विश्व सुन्दरी ऐश्वर्या रायसँग जोडियो ।

फिल्म ‘हम दिल दे चुके सनम’ बाट उनीहरुबीच प्रेम सम्बन्ध रह्यो ।

यद्यपी, सलमानले ऐश्वर्यामाथि अत्यधिक अधिकार जमाउने बानीले सम्बन्धमा समस्या निम्त्यायो र दुबैको सम्बन्ध टुट्यो ।

ऐश्वर्याले सलमानमाथि हात उठाएको समेत आरोप लगाइन् ।

ब्रेकअपपछि सलमान ऐश्वर्याको घरमा समेत गएको जसका कारण नायिकाले पुलिसलाई समेत बोलाउनु परेको बताइन्छ

। तर, सलमान अहिले पनि यो कुरालाई ठाडो अस्विकार गर्छन् ।

 

स्नेहा उल्लाल: फिल्म ‘लकी–नो टाइम फर लभ’ सन् २००५ मा जब रिलिज भयो तब सलमानले उनलाई कास्ट गर्नुको पछाडि भारतीय मिडियाले निकै अचम्मको कारण बताए ।

स्नेशाको अनुहार ऐश्वर्यासँग मिल्दोजुल्दो भएकाले फिल्मका साथै जीवनको हिस्सासमेत बनाउने कोसिस गरेको बताइयो ।

तर फिल्मका साथै उनीहरुको सम्बन्ध पनि केही दिनसम्म मात्र टिक्न सक्यो ।

कट्रिना कैफः सिरियस सम्बन्धको कुरा गर्नुपर्दा ऐश्वर्यापछि सलमान खान कट्रिनाको विषयमा पनि निकै गम्भीर भए ।

उनले कट्रिनालाई बलिउडमा स्थापित हुन सघाउनुका साथै उनलाई परिवारको सदस्यजस्तो व्यवहार गरे ।

खान परिवारलाई पनि कट्रिना निकै मनपर्दथ्यो ।

तर सलमान खानको त्यही पुरानो बानीले उनीहरुको सम्बन्ध पनि टुट्यो ।

सलमान कट्रिनामाथि विभिन्न प्रकारको रोक लगाउन थालेका कारण उनी आजित भएर ब्रेकअप दिएको बताइन्छ ।

जरिन खानः जसरी सलमानले ऐश्वर्यासँग मिल्दोजुल्दो अनुहारलाई बलिउडमा भित्र्याए त्यसरी नै कट्रिनासँग मिल्दोजुल्दो अनुहार भएको जरिन खानलाई पनि बलिउड गर्ल बनाउन जुटे ।

उनले जरिनलाई आफ्नो प्रोडक्शन हाउसको फिल्म ‘वीर’ मा मुख्य भुमिका दिइयो ।

तर स्नेहा उल्लालसँग जे भयो सलमान र जरिनको सम्बन्ध पनि टुक्रियो ।

न त फिल्म चल्यो न नै सम्बन्ध अघि बढ्न सक्यो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...