विवाहको कार्डसमेत छापियो तर विवाह हुन सकेन,५३ बर्षिय खानको यस्तो छ लभ स्टोरी



 

 

बलिउड स्टार सलमान खानले २७ डिसेम्बरमा आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन् ।

५३ बर्षको लाग्दासम्म पनि उनले विवाह गरेका छैनन् ।

विवाह नगरेपनि उनको नाम कुनै न कुनै महिलसंग भने जोडिनै रहन्छ ।

आजकाल सलमान रोमानियाकी मोडल एवं कार्यक्रम प्रस्तोता युलिया भन्तुरलाई डेट गरिरहेको बताइन्छ ।

युलिया अघि सलमानसंग नाम कस कसको जोडिए त ?

संगीता बिजलानीः सलमानको जीवनमा जति पनि महिला आए तीमध्ये संगीता बिजलानीसँग मात्र विवाहको कुरा चल्यो ।

संगीतासँग सलमानको विवाहको कार्डसमेत छापिएको बताइन्छ ।

सन् १९९४ मा हुने भनिएको यो विवाहको तयारीका बीच संगीतालाई सलमानको अफेयरबारे थाहा भएपछि दुबैले भिन्न बाटो रोजेको भारतीय समाचार एजेन्सीले बताउने गरेका छन् ।

यी दुईबीच अहिलेसम्म पनि साथीको सम्बन्ध भने कायमै छ ।

सोमी अलीः सलमान सोमी अलीसँगको सम्बन्धमा पनि निकै सिरियस छन् भन्ने खबर आएको थियो ।

सोमीले १९ वर्षको उमेरमा बलिउडमा डेब्यू गरेकी थिइन् ।

भारतीय मिडियाका अनुसार सोमीको सुन्दरतामा सलमान फिदा त थिए नै उनी सोमीमाथि अधिकारसमेत जमाउँथे ।

दुबैले करिब ६ वर्ष डेट गरेपछि भिन्न बाटो रोजे ।

त्यसपछि सोमी सबैकुरा छोडेर पाकिस्तान फिर्ता भइन् ।

ऐश्वर्या रायः सलमानको नाम विश्व सुन्दरी ऐश्वर्या रायसँग जोडियो ।

फिल्म ‘हम दिल दे चुके सनम’ बाट उनीहरुबीच प्रेम सम्बन्ध रह्यो ।

यद्यपी, सलमानले ऐश्वर्यामाथि अत्यधिक अधिकार जमाउने बानीले सम्बन्धमा समस्या निम्त्यायो र दुबैको सम्बन्ध टुट्यो ।

ऐश्वर्याले सलमानमाथि हात उठाएको समेत आरोप लगाइन् ।

ब्रेकअपपछि सलमान ऐश्वर्याको घरमा समेत गएको जसका कारण नायिकाले पुलिसलाई समेत बोलाउनु परेको बताइन्छ

। तर, सलमान अहिले पनि यो कुरालाई ठाडो अस्विकार गर्छन् ।

 

स्नेहा उल्लाल: फिल्म ‘लकी–नो टाइम फर लभ’ सन् २००५ मा जब रिलिज भयो तब सलमानले उनलाई कास्ट गर्नुको पछाडि भारतीय मिडियाले निकै अचम्मको कारण बताए ।

स्नेशाको अनुहार ऐश्वर्यासँग मिल्दोजुल्दो भएकाले फिल्मका साथै जीवनको हिस्सासमेत बनाउने कोसिस गरेको बताइयो ।

तर फिल्मका साथै उनीहरुको सम्बन्ध पनि केही दिनसम्म मात्र टिक्न सक्यो ।

कट्रिना कैफः सिरियस सम्बन्धको कुरा गर्नुपर्दा ऐश्वर्यापछि सलमान खान कट्रिनाको विषयमा पनि निकै गम्भीर भए ।

उनले कट्रिनालाई बलिउडमा स्थापित हुन सघाउनुका साथै उनलाई परिवारको सदस्यजस्तो व्यवहार गरे ।

खान परिवारलाई पनि कट्रिना निकै मनपर्दथ्यो ।

तर सलमान खानको त्यही पुरानो बानीले उनीहरुको सम्बन्ध पनि टुट्यो ।

सलमान कट्रिनामाथि विभिन्न प्रकारको रोक लगाउन थालेका कारण उनी आजित भएर ब्रेकअप दिएको बताइन्छ ।

जरिन खानः जसरी सलमानले ऐश्वर्यासँग मिल्दोजुल्दो अनुहारलाई बलिउडमा भित्र्याए त्यसरी नै कट्रिनासँग मिल्दोजुल्दो अनुहार भएको जरिन खानलाई पनि बलिउड गर्ल बनाउन जुटे ।

उनले जरिनलाई आफ्नो प्रोडक्शन हाउसको फिल्म ‘वीर’ मा मुख्य भुमिका दिइयो ।

तर स्नेहा उल्लालसँग जे भयो सलमान र जरिनको सम्बन्ध पनि टुक्रियो ।

न त फिल्म चल्यो न नै सम्बन्ध अघि बढ्न सक्यो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको