कांग्रेसमा सिटौला-गगनको तेश्रो समूह सक्रिय, देउवा-पौडेललाई ठेगाना लगाउने दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसमा नेता कृष्णप्रसाद सिटौला र गगन थापाको तेश्रो समुह सक्रिय भएको छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सिटौला र थापा प्यानल बनाएर चुनाव लडेका थिए ।

 

थापा सिटौलाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । उनको प्रतिस्पर्धामा रामचन्द्र पौडेल समूहबाट शशांक कोइराला र शेरबहादुर देउवा समूहबाट आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग भएको थियो । तर, सिटौला र थापा दुबै पराजित भएका थिए । सभापतिमा सिटौलाको सहयोगमा देउवा निर्वाचित भएका थिए भने महामन्त्रीमा पौडेल समुहबाट शशांक कोइराला निर्वाचित भएका थिए ।

 

महाधिवेशनपछि पनि सिटौला समुह सक्रिय बनेको थियो । जनसंगठन र जिल्लामा सक्रिय थियो । महासमिति बैठक लगत्तै यो समुह फेरि पनि सक्रिय हुने संकेत गरेको छ । विहिबार सिटौलाले केन्द्रीय सदस्य गगन थापा र उमाकान्त चौधरी दयाँवायाँ राखेर पत्रकार सम्मेलन गरेर यो संकेत गरेका हुन् । चौधरी कोषाध्यक्षका उम्मेदवार थिए ।

 

दोस्रो पटक मतदान हुदा देउवाले १ हजार ८२२ मत पाएका छन् भने कार्यवाहक सभापति समेत रहेका रामचन्द्र पौडेलले १ हजार २९६ मत ल्याएका थिए ।

पत्रकार सम्मेलनमा सिटौलाले सभापति देउवा र वरिष्ठ नेता पौडेललाई नेता नमान्ने घोषणा गरे । नेता सिटौलाले सभापति देउवा र नेता पौडेलमा नेता बन्ने क्वालिटी नै नभएको जिकिर गरे । भने, ‘देउवा र पौडेल दुवैमा नेतृत्व गर्ने क्षमता देखिएन, त्यसकारण म उहाँहरूलाई नेता मान्न सक्दिनँ । उहाँहरूमा नेता बन्ने क्वालिटी नै छैन ।’

सिटौलाले पार्टी झन् कमजोर भइरहेको भन्दै सिटौलाले आगामी जेठभित्र महाधिवेशन गर्न माग नेतृत्वसँग माग गरे । भने, ‘आगामी चैत महिनाभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गर्न म नेतृत्वलाई आग्रह गर्छु । यदि महाधिवेशन गर्न सकिँदैन भने संक्रमणकालीन प्रवन्धका आधारमा भएपनि नयाँ नेतृत्व चयन गर्नुपर्छ ।’

 

यदि प्रक्रिया सुरु नगर्ने हो भने चैतमा विधानमा भएको संक्रमणकालिन अवस्था अनुरुप १४ औँ महाधिवेशनसम्मका लागि कार्य्विधी बनाएर अघि बढ्नुपर्ने नेता सिटौलाले बताए ।

प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति
नेता सिटौलाले बुधबार नेकपा अध्यक्ष प्रचण्डले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाए । ‘प्रचण्डजीले संसदमा दिएको अभिव्यक्तिप्रति काँग्रेसको कडा आपत्ति छ, प्रचण्डबाट यस्तो अभिव्यक्ति आउनु भनेको अधिनायकबादको जन्म हुन लाग्नु हो ।

 

यसवारे म चाँडै प्रचण्डसँग भेटेर छलफल गर्छु’ सिटौलाले भने, ‘संविधान र लोकतान्त्रिक पद्धतिमाथि यसरी प्रश्न उठाउनु गम्भिर विषय हो ।’

के भनेका थिए प्रचण्डले ?
प्रचण्डले संसदमा लाकतान्त्रिक प्रणाली छिटो(छिटो विकास हुने प्रणाली होइन । यदि कम्युनिस्ट व्यवस्था हुन्थ्यो भने ड्याम–ड्याम निर्णय गर्न सकिने बताएका थिए ।

 

‘लोकतान्त्रिक प्रणाली छिटो छिटो विकास हुने प्रणाली होइन। कम्युनिष्ट पार्टीको परम्परागत शासन हुन्थ्यो भने ड्याम ड्याम निर्णय गरेर जान पाएको भए छिटो हुन्थ्यो’, उनले भनेका थिए, ‘अहिले केही देखिएन भन्ने भएको छ ।

 

यस्तो हुँदैन थियो। देखिइसक्थ्यो। प्रणाली, कानुन, ब्युरोक्रेसी मिलाउँछौं भन्दा भन्दा झमेला। एक महिनामा हुने काम पन्ध्र महिना लाग्छ। त्यो तपाईं हामी सबैले भोगेका छौं। बरु यसलाई कसरी न्यूनिकरण गर्ने भन्नेमा हामीले छलफल गर्न जरुरी छ ।’

सो अभिव्यक्ति संविधान र लोकतन्त्रको विरुद्ध भएको भन्दै सिटौलाले लोकतन्त्र नै खतरामा हुने अवस्था आए त्यसको विरुद्धमा लाग्ने चेतावनी दिए ।

धर्मका बारेमा काङ्ग्रेसको धारणा स्पष्ट छ
सिटौलाले धर्मका बारेमा काङ्ग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता लिनुपर्ने बताए । भने, ‘हाम्रै नेतृत्वमा संविधान जारी भएको संविधानमा धर्मका बारेमा जे छ त्यही हाम्रो धारणा हो ।’

 

मुलुकमा यतिखेर अनेक अतिवादीहरू सक्रिय हुन खोजेको उल्लेख गर्दै काङ्ग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिटौलाले आफूहरूलाई कुनै पनि अतिवादी स्वीकार्य नभएको स्पष्ट पारे ।

नेता सिटौलाले वर्तमान सरकारले जनपअ‍ेक्षाअुनसार काम गर्न नसकेको र सबै सरकारी निकायमा हस्तक्षेप गरेको आरोप लगाउँदै यस परिस्थितिमा काङ्ग्रेस जनतामाझ जानुपर्ने धारणा व्यक्त गरे ।

 

हालै सम्पन्न पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उनले बैठकबाट पारित विधानअनुसार अब कि छिट्टै महाधिवेशनको तयारीमा जानुपर्ने कि अन्तरिम समयसम्मका लागि पार्टीका संरचना निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

 

गुटबिनाको पार्टीको कल्पना ‘हावादारी गफ’ : गगन थापा
नेता थापाले गुटबिनाको पार्टीको कल्पना ‘हावादारी गफ’ मात्रै भएको बताए । सबै पार्टीमा गुटउपगुट हुने नेता थापाको दाबी छ ।

 

विहिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता थापाले भने, गुटबिनाको पार्टीको कल्पना ‘हावादारी गफ’ मात्रै हो । पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकको समापनका अवसरमा बोल्दै पार्टीभित्र गुट उपगुट नभएको घोषणाको सन्दर्भमा थापाले यस्तो टिप्पणी गरेका हुन् ।

नेता थापाले द्वन्द्व नभएको कुनै पनि पार्टी नहुने बताए । भने, ‘द्वन्द्व नभएको कुनै पार्टी हुन्छ र ? द्वन्द्व भइसकेपछि गुट नभएको, समूह नभएको पार्टी हुन्छ र ? हुँदै हुँदैन । गुट निरपेक्ष पार्टी, गुटबाट मुक्त पार्टी, समूहहरु नभएको पार्टी भन्ने कुरा हवादारी कुरा हो ।’

 

नेता थापाले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई लभ मात्रै होइन विहे नै गर्न सुझाव दिए । उनले भने, ‘हामी हेर्छौं सभापति र बरिष्ठ नेताको लभ विवाहसम्म पुग्छ की लभमा मात्र सिमित हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...