खोप लगाउँँदा शिशुको मृत्यु, पाटन अस्पतालमा तनाव



 

 

४५ दिने खोप लगाउँदा शिशुको मृत्यु भएपछि ललितपुरको पाटन अस्पतालमा तनाव भएको छ। शिशुका  आफन्तले अस्पतालले लापरबाही गरेको भन्दै आन्दोलन सुरु गरेपछि तनाव भएको हो।

 

आफन्तले अस्पतालको आकस्मिक सेवामा अवरोध पुर्याउन खोजेपछी प्रहरीको हस्तक्षेप गरेको छ। मंगलबार खोप लागाएर घर पुर्याइएका जुम्लाको कुनका सुन्दरी घर भई हाल ललितपुरको सुनाकोठी बस्दै आएका राजबहादुर राउतका  ४५ दिने छोराको मृत्यु भएको थियो।

 

उनले आफ्नो छोराको मृत्यु खोपको कारण भएको आरोप लगाएका छन्। परिवारले खोप लगाउने व्यक्तिलाई कारबाहीको माग गरेका छन्।

 

रावतले बच्चालाई पुस ९ गते ४५ दिने खोप लगाएर घर फर्केको र घर फर्केपछि थोरै ज्वोरो आएको बताए। बच्चा बिरामी भएपछि बिहान साढे छ बजे अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनको भनाइ छ।
पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले यस विषयमा पोष्टमार्टमको रिपोर्ट नहेरी केही भन्न नसक्ने जानकारी दिए। ‘सरकारले उपलब्ध गराउँदै आएको खोप लगाएका हौँ,’ उनले भने, ‘अरुलाई पनि दिएका छौँ।’

 

शर्माका अनुसार खोप दिएको ७२ घण्टासम्ममा केही समस्या देखिएमा मन्त्रालयमा रिपोर्ट गर्नुपर्ने हुन्छ। रिपोर्टिङको प्रक्रिया सुरु भएको उनको भनाइ छ।

महानगरीय प्रहरी परिसर जाउलाखेलमा मुद्धा दर्ता भइसकेको र शिशुको शव पोस्टमार्टमका लागि बुधबार नै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता शेखर खनालले जानकारी दिए।

 

घटनाको अनुसन्धानका लागि केन्द्रीय स्तरको छानबिन समिति बनिसकेको उनको भनाइ छ।  बिहीबार दुवै पक्षबीच छलफल भएको खनालले बताए।

 

घटनाको विषयमा अस्पतालले समेत अनुसन्धान सुरु गरेको छ। अस्पताल आफैँले पनि छानबिन गरिरहेको छ। अस्पताल प्रशासनले पोष्टमार्टमको रिपोर्ट पर्खेर बसेको जानकारी दिएको छ।

 

शिशुका आफन्त भने खोप लगाउने व्यक्तिमाथि कारबाहीको माग गर्दै आन्दोलित भएका छन्। बिहीबार बिहान आकस्मिक कक्षमा अवरोध गर्न खोजेपछि प्रहरी खटाइएको छ।

सहयोगका लागि मिर्गौला पीडितको आग्रह

मिर्गौलाको उपचार गराइरहेकी हेटौँडा उपमहानगरपालिका–१२, गुम्बाटोल पदमपोखरीकी विमला स्याङ्तानले आफ्नो उपचारमा सहयोगको अपेक्षा गर्दै आज यहाँ पत्रकार सम्मेलन गर्नुभएको छ ।

विसं २०६९ देखि दुवै मिर्गौलाले काम गर्न छाडेको उनको केही समय अघिदेखि डायलाइसिस गराउन थालिएको हो । उपचार गराउँदा गराउँदै हालसम्म करीब रु १८ लाख खर्च भएको र थप उपचारमा समस्या भएको उहाँले बताउनुभयो ।

दुई छोरा र एक छोरीकी आमा ४२ वर्षीया स्याङ्तानलाई श्रीमान्ले बेवास्ता गरेपछि उपचार र घरव्यवहार दुवैतिरको भार छ । भीमफेदी गाउँपालिका (साविक इपापञ्चकन्या गाविस–२), का सूर्यबहादुर स्याङ्तानसँग विवाह गरी तीन सन्तानकी आमा बन्नुभएको उहाँ अहिले रोग र अभावसँग एकैसाथ जुध्दै हुनुहुन्छ । एकातिर आफ्नो ज्यान रोगी, अर्कोतिर परिवारको आर्थिक भार । विमलाको मिर्गौलामा समस्या देखिएको थाहा भएर केही वर्षपछि उनको श्रीमान्ले उहाँलाई छोडेका थिए ।

उहाँका अनुसार विगत चार वर्षदेखि श्रीमान् सम्पर्कविहीन छन् । विमला हाल पदमपोखरीस्थित आफ्नो माइती घरमा छोराछोरीसहित बस्दै आउनुभएको छ । सरकारले निःशुल्क डायलाइसिस गराए पनि रगत, अस्पताल आवतजावत जस्ता अन्य खर्चका लागि आम्दानीको स्रोत नहुँदा उहाँलाई समस्या छ । “डायलाइसिसको लागि सरकारले निःशुल्क गराएको छ, अस्पताल (चितवन) आउनजान र अरु खर्चको लागि पनि धेरै गाह्रो भइरहेको छ”, विमलाकी छोरी ज्योतिले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने