भिआइपी भनिएको निर्मलाको हत्यारालाई विप्लव माओवादीले यसरी गर्दैछ कारबाही (भिडियो)



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भिआइपी भनिएको निर्मला पन्तको बलात्कारी र हत्यारालार्इ जन कारबाही गर्ने भएको छ । नेकपाका प्रवक्ता खडकबहादुर विश्वकर्मा (प्रकाण्ड) ले निर्मला पन्तको हत्यारालाई आफ्नो पार्टीले कारबाही गर्ने र त्यसका निम्ति अनुसन्धान गरिरहेको जानकारी दिए ।

 

बिहिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी सरकारले निर्मला पन्तको हत्यारालाई कारबाही गर्न असक्षम भएको बताउँदै अव नेकपाले कारबाही गर्ने बताए । उनले भने ‘समय दिनुस्, हामीले अव कारबाही गरेर देखाउँछौं ।’

 

उनले नेकपाभित्र नेताहरुको दृढ एकता भएकाले अन्य दलका नेताहरुलाई छटपटाहट भएको हुनाले उनीहरुले प्रकाण्ड र बिप्लबबीचको एकता टुटाउन भ्रम फैलाउने गरेको पनि प्रवक्ता प्रकाण्डले बताए ।

 

उनले प्रकाण्डलाई विप्लबले नै पक्राउ गर्न लगाएको भन्ने हल्ला निराधार रहेको बताए । साथै देशभर विप्लवको पार्टीले चन्दा आतंक फैलाएको चर्चा चलिरहेको भन्दै पार्टीको चन्दा असुलीको कुनै नीति नरहेको बताए । भिडियो साैजन्य अनुमोदन दैनिक

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...