भिआइपी भनिएको निर्मलाको हत्यारालाई विप्लव माओवादीले यसरी गर्दैछ कारबाही (भिडियो)



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भिआइपी भनिएको निर्मला पन्तको बलात्कारी र हत्यारालार्इ जन कारबाही गर्ने भएको छ । नेकपाका प्रवक्ता खडकबहादुर विश्वकर्मा (प्रकाण्ड) ले निर्मला पन्तको हत्यारालाई आफ्नो पार्टीले कारबाही गर्ने र त्यसका निम्ति अनुसन्धान गरिरहेको जानकारी दिए ।

 

बिहिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी सरकारले निर्मला पन्तको हत्यारालाई कारबाही गर्न असक्षम भएको बताउँदै अव नेकपाले कारबाही गर्ने बताए । उनले भने ‘समय दिनुस्, हामीले अव कारबाही गरेर देखाउँछौं ।’

 

उनले नेकपाभित्र नेताहरुको दृढ एकता भएकाले अन्य दलका नेताहरुलाई छटपटाहट भएको हुनाले उनीहरुले प्रकाण्ड र बिप्लबबीचको एकता टुटाउन भ्रम फैलाउने गरेको पनि प्रवक्ता प्रकाण्डले बताए ।

 

उनले प्रकाण्डलाई विप्लबले नै पक्राउ गर्न लगाएको भन्ने हल्ला निराधार रहेको बताए । साथै देशभर विप्लवको पार्टीले चन्दा आतंक फैलाएको चर्चा चलिरहेको भन्दै पार्टीको चन्दा असुलीको कुनै नीति नरहेको बताए । भिडियो साैजन्य अनुमोदन दैनिक

 

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...