चीनका डान्सबारमा ५ सय नेपाली युवती यौन शोषणमा, यसरी बन्दैछ तस्करीको नयाँ गन्तब्य



 

चिनियाँ रेस्टुरेन्ट र डान्सबारमा ५०० नेपाली युवतीहरु कार्यरत रहको नयाँ तथ्य खुलेको छ । मानव तस्करहरुले युवती तस्करीको नयाँ गन्तब्य चीनलाई बनाएपछि ५ सय नेपाली युवती चीनियाँ डान्स बारमा पुगेको मानव बेचविखनबिरुद्ध काम गर्दै आएको माइती नेपालले जनाएको छ ।

 

नेपाल र चीनको एकमात्र नाका रसुवागढीबाट तस्करहरुले युवतीहरुलाई नक्कली कागज पत्र बनाएर पठाउने गरेका छन् । अन्य जिल्लाका बासिन्दालाई चीन जान भिषा आवश्यक पर्छ भने रसुवाका बासिन्दालाई चीनको केरुङसम्म जान स्थायी बसोबासको परिचय पत्र भए पुग्छ । यही परिचय पत्रका आधारमा केही समुहले युवती तस्करी गरिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

 

तस्करहरुले विभिन्न प्रलोभन देखाउँदै युवतीहरुलाई चीन पठाउने गरेका छन् । चीनको डान्स बारमा उनीहरु कार्यरत रहेका छन् । डान्सबारमा कार्यरत युवतीहरु यौन शोषणमा परेको गुनासो पनि आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामाडले बताए ।

 

-पछिल्लो समय केही गिरोह सक्रिय भएको हामीले पायौ, कतिपयलाई पक्राउ गरी मानव बेचबिखनमा मुद्दा पनि चलाएका छौ,-प्रहरी प्रमुख तामाङले भने-पछिल्ला केही समयमा मात्र हामीले एक सय युवतीलाई नाकाबाटै फर्काएका छौ ।

 

पछिल्लो केही समययता रसुवा नाकामा कडाई गरिएको छ । चीन जान लागेका युवतीको कागज पत्र हेर्ने, परिवारका सदस्यहरुसँग कुराकानी गरेर फर्काउने गरेको तामाङले बताए । पाँच महिनामा एक सय युवतीलाई फर्काएको उनले बताए ।

 

माइती नेपालका अनुसार कतिपय युवतीलाई चीनमा बन्धक बनाइएको बताएको छ । उनीहरुको यौन शोषण गर्दै डान्स बारहरुमा बन्धक बनाइएको माइती नेपालका उपनिर्देशक अच्यूतकुमार नेपालले बताए ।-

 

विभिन्न बहानामा पुरयाइएका युवतीहरु त्यहाँ श्रम र यौन शोषणमा परेको हामीसँग तथ्य र तथ्यांक छ, नेपालले भने -उनीहरुलाई नेपाल फर्काउन राज्यतहबाटै पहल गर्नुपर्दछ ।

 

हात्ती आतङ्कबाट पीडित

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट दैनिक निस्किने जङ्गली हात्तीका कारण सप्तरीको उत्तर र पूर्वी क्षेत्रका जनता आतङ्कित बनेका छन् ।

जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण त्यस क्षेत्रका बासिन्दा जाडो मौसममा पनि रातभर जाग्राम बस्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट दैनिकजसो रातको समयमा आउने हात्तीका कारण सो ठाउँका स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएको सप्तरी हनुमाननगर कङ्कालनी नगरपालिका–३ निवासी सोभितलाल पघैया यादवले गुनासो गर्नुभयो ।

 

हात्ती आरक्षबाट निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मच्चाउँदै लगाएको गहँुबालीमा समेत ठूलो क्षति गर्ने गरेको उहाँले बताउनुभयो । ती हात्तीले गाउँ पसेर बाली खाने र कुल्चेर बाली कुल्चेर नष्ट गर्ने गरेको पाइएको छ ।

 

दुई दिन अगाडि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट तीन समूहमा आएको हातीले सप्तरीको कञ्चनरुप १२ सीतापुरमा तीन घर भत्काएर अन्नपात खानुका साथै घरमा रहेको खाट र भाडाकुँडा तोडफोड गर्दा रु एक लाखौँको क्षति भएको स्थानीयवासी उत्तम अचार्यले जानकारी दिनुभयो । सो हात्तीले दर्जनौँ किसानले खेतमा लगाएको गहुँ बाली र केरा कुल्चेर नोक्सान गरेका छन् ।

 

“जब रात पर्छ तब गाउँलेमा डर र त्रास उत्पन्न हुन्छ, कुनबेला जङ्गलबाट हात्ती आएर जीउधनको क्षति हुन्छ त्यसको टुङ्गो छैन,” स्थानीय होमबहादुर कार्कीको भनाइ छ । त्यस्तै सप्तरीको रुपनी गाउँपालिकामा दुई महीनादेखि हात्तीले बितन्डा मच्याएर जनजीवन आतङ्कित बनाउँदासमेत सम्बन्धित निकाय बेखवर रहेको स्थानीयवासीको आरोप छ ।

 

हात्तीको समूहले बस्ती पसेर रुपनी गाउँपालिका–६ का हहुरी चौधरी, बमबहादुर राउत र रक्तमाला देवीको घर भत्काएर क्षति गरेको आचार्यले बताउनुभयो । हात्तीले घर भत्काउँदा रुपनी गाउँपालिका–६ का कामीसिंह तामाङ, वडा नम्बर २ का जमुना तामाङलगायतका दजनाँै घरपरिवार विचल्लीमा परेका छन् । उनीहरु छिमेकी र आफन्तकोमा शरण लिएर बस्दै आएका छन् ।

 

जङ्गली जनावर दिनभरि गाउँ नजिकको जङ्गलमा बस्छन् । राति बस्ती पसेर घर भत्काउछन् । किसानले लगाएको अन्नबालीसमेत नष्ट गर्छ । तर हात्ती नियन्त्रणमा कुनै पनि निकायको ध्यान पुग्न नसकेको स्थानीवासीको गुनासो छ ।

 

पटक पटक हात्ती आतङ्कले सप्तरीको उत्तरी क्षेत्रका बासिन्दाले समस्या झेल्दै आएका छन् । हात्ती आतङ्कले जिल्लाको भारदह, पोर्ताहा, बरमझिया, बेरवा, कञ्चनपुर र घोघनपुरसहितका ठाउँमा दिनहँु हात्ती आउने र घर तोडफोड गरी आतङ्कित गर्ने गरेको स्थानीयवासीले बताएका छन् ।यसैबीच दैनिक हुने हात्ती आतङ्क नियन्त्रण नभए आन्दोलनमा जान सकिने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको