पारिवारिक कथामा मिना ढकालले फिल्म बनाउने



हाम्रो इकोनोमि

 

हास्यव्यंग्य कलाकार मनोज गजुरेलसँग डिभोर्स गरेको वार्षिक उत्सव मनाउँदै मिना ढकालले फिल्म निर्माण गर्ने घोषणा गरेकी छन् ।

उनले यो वार्षिक उत्सवलाई स्वतन्त्र दिवसको रुपमा समेत लिएका बताइन् ।

बुधबार नयाँ बानेश्वरको बुटिकमा पहिलो डिभोर्स उत्सव मनाउँदै मिनाले एक वर्ष भित्र पारिवारिक तथा सामाजिक कथामा फिल्म निर्माण गर्ने बताइन् ।

उनले भनिन्, ‘फिल्मको कन्सेप्ट मेरो हो ।

फिल्मको स्क्रिप्ट तयार गर्ने जिम्मा मैंले अभियुद्ध खनाललाई दिएको छु ।

मैले अरुलाई देखाउन काम गरेको होइन ।

मैंले आत्म सन्तुष्टिको लागि गरेको हो ।’

उनले फिल्ममा आफ्नो अभिनय रहने पनि बताएकी छन् ।

‘आफ्नो फिल्ममा सानै भुमिका भएपनि गर्छु तर अरुको फिल्ममा सानो तिनो भुमिकामा गर्दिंन’, उनले भनिन् ।

डिभोर्स अगाडिसम्म गुमनाम रहेकी मिना डिभोर्सपछि अन्तरवार्ता र गीत सार्वजनिक गरेर चर्चामा छिन् ।

उनले डिभोर्स अगाडी गुमनाम रहनुमा पुर्व पति मनोज गजुरेलले रोक तोक गरेको आरोप लगाइन् ।

उनले भनिन, ‘मनोज गजुरेललाई मैंले नै डोराएर उचाईको शिखरमा पुराएको हो ।

मनोज गजुरेललाई मेरो क्षमता थाहा छ ।

थाहा भएरै उहाँले मलाई बाहिर आउन नदिनु भएको हो ।

उहाँलाई म भन्दा अगाडी जान्छे भन्ने डर थियो ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...