पारिवारिक कथामा मिना ढकालले फिल्म बनाउने



हाम्रो इकोनोमि

 

हास्यव्यंग्य कलाकार मनोज गजुरेलसँग डिभोर्स गरेको वार्षिक उत्सव मनाउँदै मिना ढकालले फिल्म निर्माण गर्ने घोषणा गरेकी छन् ।

उनले यो वार्षिक उत्सवलाई स्वतन्त्र दिवसको रुपमा समेत लिएका बताइन् ।

बुधबार नयाँ बानेश्वरको बुटिकमा पहिलो डिभोर्स उत्सव मनाउँदै मिनाले एक वर्ष भित्र पारिवारिक तथा सामाजिक कथामा फिल्म निर्माण गर्ने बताइन् ।

उनले भनिन्, ‘फिल्मको कन्सेप्ट मेरो हो ।

फिल्मको स्क्रिप्ट तयार गर्ने जिम्मा मैंले अभियुद्ध खनाललाई दिएको छु ।

मैले अरुलाई देखाउन काम गरेको होइन ।

मैंले आत्म सन्तुष्टिको लागि गरेको हो ।’

उनले फिल्ममा आफ्नो अभिनय रहने पनि बताएकी छन् ।

‘आफ्नो फिल्ममा सानै भुमिका भएपनि गर्छु तर अरुको फिल्ममा सानो तिनो भुमिकामा गर्दिंन’, उनले भनिन् ।

डिभोर्स अगाडिसम्म गुमनाम रहेकी मिना डिभोर्सपछि अन्तरवार्ता र गीत सार्वजनिक गरेर चर्चामा छिन् ।

उनले डिभोर्स अगाडी गुमनाम रहनुमा पुर्व पति मनोज गजुरेलले रोक तोक गरेको आरोप लगाइन् ।

उनले भनिन, ‘मनोज गजुरेललाई मैंले नै डोराएर उचाईको शिखरमा पुराएको हो ।

मनोज गजुरेललाई मेरो क्षमता थाहा छ ।

थाहा भएरै उहाँले मलाई बाहिर आउन नदिनु भएको हो ।

उहाँलाई म भन्दा अगाडी जान्छे भन्ने डर थियो ।’

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...