पूर्वमाओवादी नेता जनार्दन शर्मा, देवेन्द्र पौडेल र शक्ति बस्नेतका छोरीहरु के गर्दै अमेरिकामा



 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज सकिँदैछ । ६ महिनापछि बसेको स्थायी कमिटी बैठकमा दुई नेता उपस्थित भएनन् । उपस्थित नहुने नेतामा जनार्दन शर्मा प्रभाकर र देवेन्द्र पौडेल छन् ।

 

नेता शर्मा र पौडेल यतिखेर अमेरिकामा छन् । पूर्वमाओवादी केन्द्रका यी नेता आफ्ना छोरीको दीक्षान्त समारोहमा सहभागी हुन अमेरिका पुगेका हुन् । अर्का माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत भने नेपालमै छन् । उनकी छोरी संगम भने अमेरिकामा उच्च अध्ययन गर्दैछिन् ।

 

शक्ति बस्नेत वन तथा भूसंरक्षण मन्त्रीसमेत भएकाले उनी स्थायी कमिटीको बैठक छाडेर अमेरिका गएनन् । उनकी श्रीमती सत्या पहाडी भने अहिलेसम्म चार–पाँचपटक छोरीलाई भेट्न अमेरिका पुगिसकेकी छन् । सत्या पहाडी नेकपाकी सांसद हुन् । उनी पूर्वमन्त्रीसमेत हुन् ।

 

दस वर्षे सशस्त्र द्वन्द्वकालमा तत्कालीन माओवादीले बुर्जुवा शिक्षा बहिष्कार गरौं भन्दै ग्रामीण क्षेत्रका नेपाली जनताका छोराछोरीलाई कथित जनयुद्धमा सामेल गराएका थिए । जसका कारण हजारौं युवायुवती पढ्नबाट वञ्चित भएका थिए ।

 

तर, माओवादीका तिनै नेताहरूले भने आफ्ना छोराछोरीलाई उच्च शिक्षा दिन विदेश पठाएका छन् । तिनैमध्येका हुन् जनार्दन शर्मा, देवेन्द्र पौडेल र शक्ति बस्नेत । जनार्दन शर्माकी छोरी काव्यता गौतमले अमेरिकामा स्नातकोत्तर पूरा गरेकी छन् । उनकै दीक्षान्त समारोहमा भाग लिन जनार्दन शर्मा श्रीमतीसहित अमेरिका पुगेका हुन् ।

 

त्यस्तै, देवेन्द्र पौडेलकी छोरी गरिमा पौडेलले मेरिल्यान्डको बोवे स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तह उत्तीर्ण गरेकी छन् । छोरीको दीक्षान्त समारोहमा सहभागी हुन नेता पौडेल र उनकी श्रीमती बलावती शर्मा अमेरिका पुगेका छन् । आफ्ना सन्तानलाई अमेरिका, युरोपमा पढाएकाले पनि तत्कालीन माओवादी नेताहरूले एमालेमा पार्टी विलय गराएको बताइन्छ ।

जनप्रतिनिधिको तलब विपन्नको शिक्षामा

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ ।

राज्यले जनप्रतिनिधिको तलबको रूपमा उपलब्ध गराएको रकम गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्नुभएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारस्थित मुक्तिमार्ग माविले ६०औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरेको समारोहमा अध्यक्ष पुनले हालसम्म तलबभत्तावापत प्राप्त भएको रु सात लाख ३५ हजार कोषमा जम्मा गरेको जानकारी दिनुभयो ।

कोषबाट गत वर्ष पाउद्धार माविबाट एसइई उत्तीर्ण गरेका पाउद्धारका काजल रोकालाई इञ्जिनीयरिङ विषयको अध्ययनका लागि रु एक लाख पचास हजार सहयोग गरिसक्नुभएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण राम्रो जिपिए ल्याएर एसइई उत्तीर्ण गरेका रोका आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न क्याम्पस भर्ना हुन नसकेर समस्यामा परेका थिए ।

यसैगरी कालीगण्डकी नदीमा आएको बाढीले बगाएको अन्नपूर्ण–४ कोप्चेपानीको धौलागिरि आधारभूत विद्यालयको भवन पुनःनिर्माण र ज्ञानप्रकाश माविलाई रु ५०÷५० हजार सहयोग गर्नुभएको छ । गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सर्वोकृष्ट जिपिए ल्याउने एक÷एक जना छात्रछात्रालाई रु ५०÷५० हजार पुरस्कार उपलब्ध गराउने अध्यक्ष पुनले बताउनुभयो ।

विकट र दुर्गम क्षेत्रका विपन्न बालबालिकाको उच्च शिक्षामा पहुँच बढाउन गरीब, विपन्न र अनाथ बालबालिकालाई सघाएको अध्यक्ष पुनको भनाइ छ । गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक रु ३० हजार तलब तोकेको छ ।

तलबका अतिरिक्त विभिन्न बैठक, कार्यक्रममा सहभागी हुँदा प्राप्त गरेको भत्तालाई पनि उहाँले कोषमा जम्मा गर्नुभएको छ । पारिवारिक समस्याका कारण पढ्ने उमेरमा कक्षा ८ उत्तीर्ण भएपछि भारतीय गोर्खा सैनिकमा भर्ती हुन जानुपरेको आफ्नो जस्तो बाध्यता अरुलाई नपरोस् भनेर तलबलाई शिक्षामा परिचालन गर्ने निर्णय गरेको अध्यक्ष पुनले बताउनुभयो ।

 

भारतीय गोर्खा सैनिकका सेवानिवृत्त क्याप्टेन पुनले सेवानिवृत्त भएपछि म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उहाँ नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको