चोलेन्द्रविरुद्ध ८ वटा उजुरी, आजबाट छलफल शुरु



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि मुद्दा नहेर्ने भएका छन् । अवकाशको ठीक एक साताअघिबाट उनले इजलासमा नबस्ने निर्णय गरेको सर्बोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

 

दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि मिश्रलाई करीव चार महिनाको छोटो अवधि प्रधान न्यायाधीश बन्ने मौका मिलेको थियो । उनले उमेर हदका कारण पुस १७ गते अवकाश पाउँँदैछन् ।

 

अवकाशको मुखमा मुद्दाको फैसला गरेर विवादमा पर्न नचाहेको मिश्र निकट स्रोतले जनाएको छ । उनीमाथि भ्रष्टाचार र राजस्व छली तथा अर्बौं रुपैयाँ कर सम्बन्धी विवादका मुद्दा हतार–हतार फैसला गराउन अग्रसरता लिएको आरोप लागिरहेको छ ।

 

मिश्रले मुद्दा नहेरे पनि अन्तिम दिनसम्म पेशी तोक्ने र प्रशासनिक काम भने जारी राख्ने भएका छन् । नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर जबरा सिफारिस भइसकेका छन् । संसदीय सुनुवाई विशेष समितिमा उनीविरुद्ध परेका उजुरीमाथि आज छलफल हुँदैछ । चोलेन्द्रविरुद्ध ८ वटा उजुरी परेका छन् ।

आक्रमणकारी बिरुद्ध मुद्दा दायर

सामान्य विवादका क्रममा खुकुरी र रडले आक्रमण गर्ने तेमाल गाउँपालिका–६ ठूलोपर्सेलका तीन विरुद्ध ज्यान मार्ने उद्योगमा धुलिखेल जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरिएको छ ।

मङ्गलबार साँझ उक्त गाउँपालिका–६ होटलडाँडास्थित बसपार्कमा सामान्य विवादका क्रममा स्थानीय ५० वर्षका रकम तामाङ, २३ वर्षका फन्जु तामाङ र १७ वर्षका पाल्देन तामाङले सोही वडाको कुनीटोलका २७ वर्षीय विकास तामाङ, मोक्तानटोलका २५ वर्षीय पाल्साङ तामाङ र २७ वर्षका अनिल लामालाई खुकुरी र फलामे रड प्रहार गरी घाइते बनाएका थिए ।

घटनामा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेका पाल्साङ तामाङको धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि बुधबार काठमाडाँैस्थित न्यूरो अस्पताल सिफारिश गरिएको स्थानीयवासी समिप त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य दुई घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

केही दिनअघि स्थानीय विद्यालयमा भएको झगडाबारे कुरा भइरहँदा रकम, फुन्जु र पाल्देनसहितले उनीहरूलाई खुकुरी र रड प्रहार गरेको घाइते जाहेरवाला विकास तामाङले बताउनुभयो ।

 

उहाँले घटनामा आफ्नो एक तोलाको सुनको सिक्री, आधा तोलाको सुनको औँठी तथा एउटा मोबाइल सेट हराएको बताउनुभयो । प्रहरीले खकुरी र रड बरामद गरी आक्रमण गर्ने तीनै जनालाई पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...