२४० कार्यालयमा आकस्मिक छड्के, ७९३ कर्मचारी कारबाहीमा



हाम्रो इकोनोमि

 

राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न १४ जिल्लाका २४० वटा सरकारी कार्यालयमा गरेको आकस्मिक छड्केमा ७९३ कर्मचारी कारबाहीमा परेका छन् । सरकारी कर्मचारीहरूबाट प्रभावकारी सेवा हुन नसकेको भन्दै गुनासो आउने क्रम बढेपछि सतर्कता केन्द्रले ती जिल्लामा विभिन्न टोलीलाई छड्के अनुगमनमा पठाएको हो ।

 

केन्द्रबाट खटिएका ती टोलीले पछिल्ला केही सातायता ती कार्यालयमा पुगी कर्मचारीहरूको कार्यालय समय, पोसाक तथा सेवा प्रवाहबारेमा आकस्मिक छड्के गरेको थियो । छड्केका क्रममा ५५३ जना कर्मचारी तोकिएको कार्यालय समयभन्दा निकै ढिलो गरी कार्यालयमा आएको पाइएको थियो भने २४० जना कर्मचारीले तोकिएको पोसाक नलगाई कार्यालयमा आएको सतर्कता केन्द्रले जानकारी दिएको छ ।

 

सरकारले कर्मचारीलाई पोसाकभत्ताबापत वार्षिक १० हजार रुपैयाँ दिँदै आएको छ तर पनि कर्मचारीले कार्यालय समयमा पोसाक नलगाउने गरेका छन् ।

 

केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले तोकिएको कार्यालय समयमा नआउने र पोसाक नलागाई आचरणविपरीत काम गर्ने ती कर्मचारीलाई निजामती सेवा ऐनको दफा ५५

 

‘क’अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको जानकारी दिए । केन्द्रका अनुसार केन्द्रबाट उपसचिव, शाखा अधिकृत, प्रहरी उपरीक्षक र नायब उपरीक्षकको नेतृत्वमा खटिएको विभिन्न टोलीले बारा, पर्सा, बैतडी, सिन्धुली, महोत्तरी, गोर्खा, लमजुङ, धादिङ, नुवाकोट, पश्चिम रुकुम, दाङ तथा काठमाडांै उपत्यकाका तीनवटै जिल्लाका सरकारी कार्यालयमा आकस्मिक छड्के जाँच गरेको थियो ।

 

केन्द्रको अनुगमनका क्रममा कतिपय सरकारी कार्यालयमा सेवा प्रवाहसमेत निकै कमजोर र दयनीय अवस्थामा रहेको छड्केमा खटिएका अधिकृतहरूले जनाएका छन् ।

 

केन्द्रका प्रवक्ता लामिछानेले अन्य जिल्लाका सरकारी कार्यालयमा पनि आकस्मिक छड्के गर्ने तयारी भइरहेको बताएका छन् । चालू आर्थिक वर्षमा केन्द्रको बजेट काटिएकाले आकस्मिक छड्के कार्यक्रमलाई देशव्यापी बनाउन नसकिएको केन्द्रले जानकारी दिएको छ ।

 

सतर्कता केन्द्रले विभिन्न जिल्लामा सरकारी कार्यालयमा छड्के गरे पनि कर्मचारीको आचरणमा खासै सुधार आउन सकेको छैन् । मुलुक संघीय शासन प्रणालीमा गए पनि कर्मचारीमा पुरानै चरित्र यथावत् रहेकाले जनताले संघीय शासनको अनुभूति गर्न नपाएको केन्द्रका अधिकारीहरूको भनाइ छ ।

 

भन्सारमै रोकियो ६७ लाखको चिनी

भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो ।

गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी रु ६७ लाख २० हजार (भारु ४२ लाख ) को चिनी ल्याइएको थियो ।

सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको दुई दिनपछि मात्र व्यापारीले खरीद गरेको चिनी नेपालगञ्ज भन्सारमा आइपुगेकाले भन्सारमै थन्किएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिनुभयो ।

 

रोकिएको चिनीबारे माथिल्लो निकायबाट सोधपुछ गरे पनि कुनै निर्देशन नआएको बताउँदै उहाँले भन्नुभयो, “भारतबाट ल्याएको चिनी पुनः फिर्ता लैजान मिल्दैन ।” सरकारले आयात गर्न निश्चित कोटा निर्धारण गरेको छ तर कति परिमाणमा चिनी नेपालगञ्ज भन्सारबाट आउन दिने भन्ने पत्र भन्सार कार्यालयमा नआएको अधिकृत जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...