राष्ट्र बैंकको अग्रसरताले सेयर बजारमा छलाङ, सातामा दोस्रोपल्ट ३० अंकको सुधार



हाम्रो इकोनोमि

 

सेयर बजार एकै सातामा दोस्रोपल्ट ३० अंकले बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा मुद्रा तथा पुँजीबजार सुधारका लागि सुझाव दिन गठित कार्यदलले सुझाव प्रतिवेदन तयार पारेयता सेयर बजार दोस्रोपल्ट उचालिएको हो ।

 

कार्यदललले अघिल्लो बुधबार प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन सार्वजनिकीकरणमा ढिलाइ हुँदा लगानीकर्ता विश्वास गर्न सकिरहेका थिएनन् । तर, ब्याजदर घटाउन राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दबाब दिएपछि तथा शुक्रबार प्रतिवेदन सार्वजनिक गरेपछि आइतबार सेयर बजार करिब ३३ अंकले बढेको थियो ।

 

त्यसयता पनि लगानीकर्ताले प्रतिवेदन कार्यान्वयनप्रति शंका व्यक्त गर्दै आएका थिए । तर, बुधबार राष्ट्र बैंकले पहिलेको निर्देशनका संशोधन नै जारी गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव कार्यान्वयनमा अग्रसर देखाएपछि लगानीकर्ता हौसिएका हुन् ।

 

जानकारहरुले पनि राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजकत्वको कार्यदलले दिएको सुझाव कार्यान्वयनलाई पुँजी बजार सुधार तथा विकासको महत्वपूर्ण दस्तावेज मानेका छन् ।

 

बुधबार नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा कार्यदलको सुझावअनुसार सेयर धितो कर्जामा ६५ प्रतिशतसम्म मार्जिन कर्जा दिन पाइने,  सेयर कर्जाको जोखिम भारित १०० प्रतिशतमा झार्ने, कोर क्यापिटलको ४० प्रतिशतसम्म सेयर कर्जा दिन पाउने लगायत व्यवस्था रहेका छन् ।

 

सातामा दोस्रोपल्ट ‘बुम’ हुनेक्रममा सेयर बजार बुधबार ३० दशमलव २६ अंकले बढ्यो । यसदिन नेप्से परिसूचक २ दशमलव ५५ प्रतिशतले उकालो लागेर १२ सयका बिन्दु नाघेको हो । बजार बढेर १२ सय १६ दशमलव २७ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव ४१ अंकले बढेर २ सय ५८ दशमलव ८२ अंकमा कायम भएको छ ।

 

नेप्से बढ्दा बुधबार सेयर कारोबार रकममा पनि वृद्धि भएको छ । कारोबार अवधिभर बजारमा ६९ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएका हुन् । यसक्रममा १ सय ७३ कम्पनीका १९ लाख कित्ता सेयर खरिदबिक्री भए ।

 

तीमध्ये नेपाल बैंकको सर्वाधिक ४ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भयो । अन्य ६ कम्पनीका पनि २ करोडभन्दा बढीका सेयर कारोबारमा आए । यसदिन कारोबारमा आएका सबै ११ वटा समूह बढे । जसमध्ये निर्जीवन बीमा समूह २ सय ४५ दशमलव शून्य ६ अंकले उकालो लाग्यो । होटल समूहमा पनि ६५ दशमलव ६२ अंकको वृद्धि देखियो ।

 

नेप्से बढ्दा नागरिक लगानी कोषको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो । कोषको सेयर मूल्य करिब १० प्रतिशतले बढ्यो । अन्य ५ कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढे । बुधबार ११ वटा कम्पनीको मात्र सेयर मूल्यमा गिरावट आयो । गुमाउनेमा गण्डकी विकास बैंकको लगानीकर्ता सेयरमूल्य ५ दशमलव ७९ प्रतिशतले घट्यो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...