सेतो कपडाले बेरेर आफ्नै घर लगियो रविकी आमाको शब यसरि गरिदैछ अन्त्येष्टि



हाम्रो इकोनोमि

 

८ वर्षको बाल्य अवस्थामा नै आफूलाई जन्मदिने आमा गुमाएका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले कर्मदिने आमा पनि गुमाएका छन् ।

नेपाल आइडल भएको खुसी राम्ररी बाँड्न नपाउँदै उनले कर्मदिने आमा गु माएका छन् ।

२०५४ साल मा कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडकोे कोखबाट जन्मिएका रविले ८ वर्षको उमेरमै आमालाई गुमाएका थिए ।

नेपाल आइडल बनेपछि रवि सोमबार मात्रै धनगढी पुगेका थिए ।सोम बारदेखि सम्मान तथा ब धाई थाप्न व्यस्त रहेका रवि मंगलवार बिहान आफ्नो घर पुगेका थिए ।

रवि ‌ओडको घर ।

घरपरिवार र आफन्तसँग करिव आधा घण्टा मात्रै विताएका रवि त्यसपछि कृष्णपुर नगरपालिका, वेदकोट नगरपालिका र भिमदत्त नगरपापिलिकाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममै व्यस्त थिए ।

मंगलवार महेन्द्रनगरमै बसेका रविले बिहान पनि विभिन्न बधाई तथा सम्मान कार्यक्रममा सहभागि भएर घर पुग्ने र दिउँसो काठमाण्डौँ फर्कर्ने कार्यतालिका थियो ।तर, जन्मदिने आमाको मृत्युपछि आमाको अभाव हुन नदिई पालनपोषण र हुर्काउने ४५ वर्षकी आमा विष्णादेवीलाई करेन्ट लागेको एक बिहानै खवर थाहा पाए ।

करेन्ट लागेर घाइते आमालाई उपचारका लागि धनगढी ल्याइयो ।

नेपाल आइडल सिजन- २ का विजेता रवि ओडकी आमा ४५ वर्षीया विष्णा ओड ।

कञ्चनपुरमा रहेका रवि पनि अस्पतालका लागि हिँडे ।

उनले बाटैबाट अस्पतालका चिकित्सकलाई फोन गरेर आफू आइरहेको र जसरी भएपनि आफ्नी आमालाई बचाई दिन आग्रह गरेका थिए ।

रविले चिकित्सकलाई फोन गर्दा उनकी आमा विष्णाले संसार छोकिसके की थिइन् ।

अस्पताल पुग्नु अगाडि नै उनको मृत्यु भइसकेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

विहान ७ बजे छिमेकीको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी विष्णादेवीलाई अत्तरीयामा उपचार हुन नसकेपछि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याईएको थियो ।

सेती अञ्चल अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतक विष्णको शवलाई अहिले घरमा लगिएको छ बुधवार नै गोदावरी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

रविका बुवा भने २५ वर्षदेखि भारतको गुजरातमा ‘वाचम्यान’ को काम गर्दै आएका थिए ।

उनी पनि बुधवार श्रीमतीको मृत्यु भएको खबरपछि नेपाल फर्कन थालेका छन् ।

करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए

नेपाल आइडल विजे ता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...