‘भद्रगोल’ र ‘छक्का पञ्जा’ टिम मिलेर चलचित्र बनाउँदै



हाम्रो इकोनोमि

 

भद्रगोल निकै छोटो समयमा दर्शकको मन जित्न सफल हाँस्य टेलिसिरियल हो ।

यो हाँस्य टेलिसिरियललाई दर्शकले निकै नै मन पराउने गरेका छन् ।

अब भद्रगोल टिमले चलचित्र पनि निर्माण गर्ने भएको छ ।

भद्रगोल टिमले चलचित्रमा सँगै सहकार्य गर्नका लागि छक्का पञ्जा युनिटलाई अफर गरेको छ ।

प्राप्त जानकारी अनुसार दिपक दिपा र भद्रगोल युनिट मिलेर २०७६ सालमा नयाँ चलचित्र ल्याउँदैछन् ।

दिपक दिपाले नयाँ बर्षमा अर्को एक नयाँ टिमसँग पनि टिमवर्क गर्दैछन् ।

त्यसपछि मात्र उनीहरुले आफ्नो समय भद्रगोल टिमलाई दिने बताएका छन् ।

दिपकले भद्रगोल टिमसँग चलचित्र गर्ने कुरामा अहिले छलफल भैरहेको तर आफूहरु चलचित्र गर्न राजी भएको बताएका छन् ।

चलचित्रमा भद्रगोल र छक्का पञ्जाका कलाकारहरु आबद्ध हुने भएका छन् ।

अब दुई कमेडी जनराका कलाकारहरुले मिलेर बनाएको चलचित्र कस्तो हुनेछ त्यो हेर्न भने केहिसमय पर्खनै पर्छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...