अधुरै रह्यो कर्म दिने आमालाई सुख दिने सपना रविको , शब बाहनमा आमालाई राख्दा ….
दोस्रो नेपाल आइडल रवि ओडकी आमाको मृत्यु भएपछि सारा नेपालीहरु दुखि भएका छन् ।
बुधबार बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षिया विस्ना ओडलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो।

बिहान सात बजेतिर रविका कान्छा बुबाको घरमा रहेको नल्कामा पानीका लागि जाँदा चलाइएको मोटरको करेन्ट लागेको थियो ।
सेती अञ्चल अस्पतालको ईमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले करेन्ट लागेर घाइते भएकी ओडको अस्पताल पुयाउदा मृत्यु भइसकेको पुष्टि गरे।

रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको छ।
विष्णा रविकी कान्छी आमा हुन् ।
जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए ।
उनै विष्णाले रविलाई हुर्काएकी थिइन् ।
तर, नेपाल आइडल–२ का विजेता छोरा रविसँग त्यसको खुसी साट्न नपाउँदै विष्णाको निधन भएको छ ।
आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका थिए ।
रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृह जिल्लामै रहेका बेला घटना भएको हो।
आमासँग उनले आफ्नो घरमा खुशीयाली समेत मनाउन पाएका थिएनन् ।
नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मानाउँदै गर्दा उनको परिवारमा यो विपत्ति आएको छ।
झुपडीमा फुलेको फुलको संज्ञा पाएका नेपाल आईडलका विजेता रवि ओडको जीवनमा खुशीले प्रवेश पाएको धेरै पनि भएको छैन् ।
२१ ब्र्षदेखि चरम गरीबीमा गुजे्रको रविको जीवनका नयाँ पानाहरु पल्टिएकै वेला फेरि बज्रपात आई लागेको छ ।
झुपडीमा खुशीको दियो बलेकै वेला रविलाई कर्म दिने आमाको निधनले सवैलाई दुःखी बनाएको छ ।
उनी विजेता भएको एक सातामै खुशीयाली छाएको उनको परिवार शोकमा डुबेको छ ।

नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका थिए रवि ।
वि.सं. २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्।
रवि ८ वर्षको हुँदा उनकी आमा उमाको निधन भएको थियो ।
त्यसपछि उनकी कान्छी आमा विष्णा नै रविलाई हुर्काएकी थिईन् ।
रविको बाल्यकाल निकै संघर्षपूर्ण थियो।
उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए ।
परिवार पाल्न र आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए ।
उनले म्यादी प्रहरी बनेर राष्ट्रको सेवा त गरे नै त्यससँगै केही आम्दानी पनि गरे जसले उनको जीवन चलाउन केही समय सहज भयो ।
उनले धनगढीको दोहोरी साँझमा पनि गीत गाएका थिए।
नेपाल आईडलको धनगढी अडिसनबाट छानिएका रवि अन्नत दोस्रो नेपाल आइडल बन्न सफल भएको उनलाई स्वागत सम्मभानमा विभिन्न कार्यक्रमहरु भईरहेका थिए ।
विजेता वनेर सुदुरपश्चिम आएका रवि घर समेत जान पाएका थिएनन् ।
स्वागत र सम्मान थाप्नमै व्यस्त भएका वेला ओड परिवारलाई शोक परेको हो ।
चरम गरिबीबाट मुक्तीका लागि उनका बाबु रोजगारीका क्रममा भारतमा छन्।

रवि आईडलको विजेता वनेपछि एउटा सानो घर बनाएर आमालाई राख्न चाहन्थे । बुबालाई भारतबाट फर्काउन चाहन्थे ।
आफुलाई हुर्काउन बुबा आमाले गरेको संघर्षको गुण तिर्न चाहन्थे तर कर्म दिने आमालाई त्यो गुण तिर्न पाएनन् । आमालाई खुशी साथ राख्न वनाएको उनको योजना अधुरै रह्यो ।
लक्ष्मी प्रसाद देवकोटाले भने झैं भगवान दुःखीको घरमा मात्रै तेरो वास हुने भए मलाई अझ दुःख दे भन्ने उखान रविको जीवनमा यथार्थ वनेर आएको छ
यो दुःखद घडीलाई रवि लगायत उनको परिवारलाई ईश्वरले धैर्यधारण गर्ने शक्ती दिउन् ।


