मानव तस्करीमा लागेका लक्की शेर्पाको राजदूत पद धरापमा



हाम्रो इकोनोमि

 

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा राजदूत पद धरापमा परेकाे छ । आर्थिक तथा कुटनीतिक मर्यादाविपरित गतिविधि गरेको भन्दै सरकारले राजदूत शेर्पाबारे छानविन गर्न गठित छानविन समितिले शेर्पालाई राजदूतमा निरन्तरता दिन नहुने ठहरसहितको प्रतिवेदन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बुझाइसकेको छ ।

 

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले हाल उक्त प्रतिवेदन अध्ययन गरिरहेको बताइएको छ । यसअघि राजदूत शेर्पा विवादमा तानिएपछि सरकारले उनलाई स्पष्टिकरण दिन नेपाल बोलाएको थियो ।

 

छानविन समितिका एक सदस्यका अनुसार छानविनका क्रममा राजदूत शेर्पाले आर्थिक तथा कुटनीतिक मर्यादाविपरित अनियमितता र पदको दुरुपयोग गरेको पाइएको  छ ।

 

ती सदस्यका अनुसार अष्टे्लियामात्रै नभएर भविष्यमा अरु कुनैपनि देशको राजदूत हुन समेत शेर्पा अयोग्य ठहरिएको छानविनका क्रममा भेटिएको छ ।

 

‘अष्ट्रेलियामात्रै होइन शेर्पा अव कुनैपनि देशको राजदूत हुन योग्य हुने छैनन् । उनीबारे समितिले गहन छानविन गरेर प्रतिवेदन बुझाइसकेको छ’ ती सदस्यले रातोपाटीसँग भने ।

 

परराष्ट्र मन्त्रालयले प्रशासन महाशाखा प्रमुख मणि भट्टराई, अस्ट्रेलियासमेत हेर्ने महाशाखा प्रमुख तापास अधिकारी र शिष्टाचार महापाल दीपक अधिकारी सम्मिलित तीन सदस्यीय छानविन टोली गठन गरेर अध्ययन प्रतिवेदन तयार गरेको हो ।

 

गत आइतबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानव तस्करी तथा श्रम शोषणको आरोप लागेकी राजदूत शेर्पाको छानविन अन्तिम चरणमा पुगेको बताएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले विवादमा मुछिएकी राजदूत शेर्पाबारेको छानविन अन्तिम चरणमा पुगेको भन्दै  प्रतिवेदनका आधारमा सरकार अघि बढ्ने बताएका थिए ।

 

के हो शेर्पामाथिको आरोप ?
शेर्पामाथि गम्भीर आरोप लागेपछि उनी मंसिर २३ गते नेपाल आएर छानविन समितिलाई स्पष्टिकरण पनि दिइसकेकी छन् । तर उनको स्पष्टिकरण चित्तबुझ्दो नभएको समितिको निष्कर्ष छ ।

राजदूत शेर्पामाथि उनकै सवारी चालक वाङ्छु शेर्पाले मानव तस्करी तथा श्रम शोषण गरेको आरोप लगाउदै उजुरी दिएका थिए ।

वाङ्छुले राजदूत शेर्पा र उनका श्रीमान् न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको किटानी गरेका थिए ।

 

राजदूत शेर्पाका श्रीमानले वाङ्छुसँग करिब ३३ लाख रुपैयाँ लिएर अस्ट्रेलिया लगेको तथा अरु केही मानिसहरुलाई समेत अस्ट्रेलिया लैजान पहल गर्ने भन्दै रकम उठाएको सवारी चालक वाङ्छुको भनाई छ ।

 

लक्कीको शक्ति केन्द्रमा दौडधूप 
अनियमितता तथा पदको दुरुपयोग गरेको आरोप लागेपछि पद जोगाउन राजदूत शेर्पाले विभिन्न शक्तिकेन्द्रमा दौडधूप चलाएकी छन् । स्रोतका अनुसार उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली लगायतलाई भेटेर शेर्पाले जोगाइदिन दवाव दिइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...