कुख्यात अपराधी जब कमरेड बने



हाम्रो इकोनोमि

 

७ हत्या, २ अपहरण तथा दर्जनौं डाँका मुद्दामा फरार दोषीलाई सरकार आफैंले दाहिने बनाएर राखेको प्रसंगले कपिलवस्तु तातेको छ । विषय हो ३ पुसको । मायादेवी २ अभिराव बस्तीमा आयोजित थियो मुस्लिम कवि सम्मेलन र मुसायरा कार्यक्रम ।

 

प्रमुख अतिथि थिए कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव) र सुरक्षा व्यवस्थामा सिडिओ अर्जुन पोखरेल । विशिष्ट व्यक्ति उपस्थित कार्यक्रममा सहभागीहरू तब चकित बने जब बोलाइयो नसिम खाँ (बादशाह) लाई ।

 

उनीमाथि वैशाख १३ गते सोही स्थानका वडाध्यक्ष फत्ते मोहम्मदका ४ वर्षीय छोराको अपहरण र हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरीमा दर्ता छ । त्यो मात्र होइन, शान्तिकालपछि ५ जना माओवादी कार्यकर्ताको दिनदहाडै गोली हानी हत्या गर्ने मुख्य अभियुक्त हुन् नसिम खाँ ।

 

संकटकालमा प्रतिकार समितिको नाइके बनेर माओवादी कार्यकर्ताको घरमा आगजनी, लुटपाट र हत्यासमेत गर्न भ्याएका उनी अहिले तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर बलदेवको घनिष्ट बनेका छन् ।

 

तत्कालीन एमालेले राजनीतिक संरक्षण दिँदै आएको कारण पार्टी एकतासँगै अपराधीलाई पनि सकार्न पुगेका हुन् बलदेवले । तराई जनतान्त्रिक मुक्तिमोर्चाको पश्चिम सैन्य कमाण्डर बनेर आतंक मच्चाई भारतमा सेल्टर लिँदै आएका उनलाई एमालेले त्यहीं गएर सदस्यता दिएको बताइन्छ ।

 

सिडिओ अर्जुन पोखरेल सरकारसँग वार्तारत जनतान्त्रिक कौटिल्य समूहको सदस्य भएकाले गृहकै आदेशमा नसिमलाई पक्राउ नगरेको बताउँछन् ।

 

कौटिल्य समूहको वार्ता समिति संयोजक भन्दै सरकारले संरक्षण गरे पनि उनलाई ०५९ सालमै कम्युनिष्ट पार्टीको सदस्यता दिइएको थियो । त्यस मानेमा कौटिल्य समूह पार्टीको भ्रातृ संगठन हुनुपर्ने हो ।

 

रमाइलो त के छ भने तत्कालीन एमाले उपाध्यक्ष बाबुराम खनालले नसिमकी श्रीमती फौजियालाई समानुपातिकमा प्रदेश सभासद् बनाई पतिलाई वार्ता समिति भन्दै नेपाल आउने बाटोसमेत खुला गराएका छन् । जसबापत उनलाई मोटो नजराना प्राप्त भएको आरोप थियो । त्यसै कारण उनले नेकपाको प्रदेश सदस्य बन्न पाएनन् ।

 

०६२ सालअघि देखि नसिम खाँ हत्या र डकैतीका २ वटा घटनामा फरार छन् जुनबेला जनतान्त्रिक समूह नै जन्मिएको थिएन । एमाले सदस्यता लिएको मितिदेखि यता उनको नाममा १ हत्या २ अपहरणको आरोप छ ।

 

मन्त्री र सिडिओ आफंै अपराधीको संरक्षणमा लागेपछि कसरी न्याय पाउने भन्दै वैशाख १३ मा मारिएका बालकका पिता फत्ते मोहम्मद गुनासो पोख्छन् ।

सरकार आफंै अपराधी संरक्षणमा लागेको भन्दै छिमेकी जिल्लामा समेत चर्को आलोचना भइरहेको छ । नसिम र उनको समूहले ०६४ सालयता माओवादी नेता राजेन्द्र तिवारी, अकाली धोबी, प्रेम परियार (भुवन), ज्ञानहरि कार्की, शिवपुजन कुर्मीको हत्या गरेको थियो ।

तत्कालीन गाविस सचिव राममिलन गुप्ता र वैशाख १३ मा ५ वर्षीय बालक अयमानको हत्या मुद्दामा समेत उनी फरार छन् । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...