थुन्नुपर्ने अपराधी गृहमन्त्रीपुत्रको साथमा



हाम्रो इकोनोमि

 

बाबु प्रहरी परिचालनसम्बन्धी मन्त्रालय चलाउँछन्, सैनिकका विषयमा पढेका मान्छेलाई सल्लाहकार बनाएर । छोरा डुल्छन्, प्रहरीले थुन्नुपर्ने कसुरदारलाई दायाँबायाँ लगाएर ।

 

सरकारी सिन्दुर पहिरिएका प्रहरीलाई घरेलु कामदारको रूपमा राख्ने क्रम अन्त्य गर्छु भनेर बहालिलगत्तै उद्घोष गर्ने गृहमन्त्री रामबहादुर थापाको मन्त्रालयले हालै प्रहरी प्रधान कार्यालयलाई एउटा पत्र पठाएको छ, जुन पत्र हेरेर प्रहरी अधिकारीहरू मुखामुख गर्दै छन् ।

 

भारतीय योगगुरु रामदेवको पतञ्जली आयुर्वेदिक केन्द्रको नेपालस्थित सिंह थरका एजेण्टलाई विमलेन्द्र निधिको आदेशमा अंगरक्षक दिइएको थियो ।

 

पछि गर्नुसम्म दुव्र्यवहार गरेकोबारे पीडितकै उजुरी परेपछि एक घण्टामा तान्ने काम भयो । केही दिनअघि तिनै भारतीय नागरिक गृहतिर दौडिरहेका थिए । फलस्वरुप गृहले प्रहरीलाई चिठी लेखेको छ, निजलाई सुरक्षा सहायक दिँदा के हुन्छ ? भनेर ।

 

मन्त्रालयमा सल्लाहकार छन्, सैन्य शिक्षामा विद्यावारिधि गरेका इन्द्रजित राई । अर्का सल्लाहकार छन्, सूर्यप्रसाद सुवेदी (पथिक) । लडाइँ कस्तो भने मन्त्रीपत्नी नैनकलालाई पतिको काम गराइप्रति त्यति भर छैन ।

 

उनी फौजी काममा इन्द्र, राजनीतिक र प्रशासनिक विषयमा पथिकको सल्लाहमा चल्छन् । फेरि सल्लाहकारको काम भनेको मन्त्री जता–जता गयो, उता–उतै हिँड्ने होइन । त्यस्तो काम त ड्राइभर, पिए र पिएसओहरूको हो । बादलचाहिँ इन्द्र र पथिक दुबैलाई साथ लिएर आफू जता गयो, उतै लैजाने गर्छन् ।

 

नैनकलाको चासो हो, आफूले भनेको काम हुनु । त्यसका लागि छोरा प्रतीकलाई प्रमुख स्वकीय सचिव बनाएकी छन् । गतसाता छोराको कारण बद्नामी भयो भनी गृहका हाकिमदेखि पार्टी नेतासम्मले कुरा उठाएपछि अर्कै व्यक्तिलाई नियुक्त गर्न खोजिएको थियो ।

 

तर, नैनकलाले दिइनन् । ती छोराचाहिँ एकजना दीपक पन्त नाम गरेका व्यक्तिलाई दायाँ र सुनील रायमाझीलाई बायाँ राखेर शहरका राम्रा–राम्रा बार, होटलतिर चहार्छन् । दीपक पन्तको वास्तविक नाम हो, हरिनारायण पन्थ, गुल्मीका । ०६५ सालमा बुटवलमा मारिएका एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्याका आरोपी ।

 

जिल्ला अदालत रुपन्देहीले हातहतियार तथा खरखजाना ऐनअन्तर्गत पाँच वर्ष कैद र एक लाख रुपैयाँ तोकेको छ । अहिलेसम्म फरार छन् । कर्तव्य ज्यानसम्बन्धी मुद्दा त्यही अदालतमा विचाराधीन छ ।

 

तर, उनी काठमाडौंमा साथ लागेका छन्, गृहमन्त्रीको छोरासँग । कृषि मन्त्री चक्रपाणि खनालनिकट मानिने दीपक (हरिनारायण) प्रहरीको सरुवा र बढुवामा प्रतीकलाई हौस्याउनेमा पर्छन् ।

 

अर्का हुन्, सुनील रायमाझी । नक्कली भारु ओसारपसारमा संलग्न भएको आरोपमा पाँच वर्षअघि पक्राउ गरिएका थिए । पछि अदालतबाट एक लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।

 

अहिले गृहमन्त्रीको छोराको साथ लाग्नुको कारण हो, लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि क्रसर खरिदमा भएको करिव १२ करोड घोटालामा मुछिनु ।

 

चिनियाँ कम्पनीसँग क्रसर सप्लाईसम्बन्धी सम्झौता गरेका थिए । चिनियाँ कम्पनीले दिनुपर्ने पैसा दिइसकेको भनेको छ । तर, उनले तिर्नुपर्ने क्रसर व्यवसायीको हातमा अझै पैसा पुगेको छैन । लुक्दै–भाग्दै हिँडेका उनी गृहमन्त्रीका छोरासँग प्रायः भेटिन्छन् ।

जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

बुढानीलकण्ठ नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      बुढानीलकण्ठ नगरपालिका वडा नम्बर -२ मा निःशुल्क पाठेघरको मुख तथा...