डिसेम्बर २५ मा जिससको जन्मदिन भएको भन्ने कुनै प्रमाण छैन



हाम्रो इकोनोमि

 

क्रिसमसका अधिकांश परम्पराको मुल गैरक्रिश्चिय रहेको छ । क्रिसमस मनाउँदा प्रयोग गरिने धेरै परम्पराको सम्बन्ध जिससको जन्मसँग भन्दा पनि क्रिश्चियन धर्म युरोप पुग्नु अघि युरोपमा कायम रहेका विभिन्न पर्वसँग रहेको छ ।

 

क्रिसमसको वास्तविक मुल खोज्ने हो भने २००० वर्ष पहिलेको रोमनहरुले मनाउने एक चाड र उत्तरी युरोपमा लोकप्रिय ‘युल’ पर्वमा ध्यान दिनुपर्छ । रोमन साम्राज्यमा डिसेम्बरमा खेतीपाती सकिएको खुसीयालीयामा ‘सेटेनेलिया’ चाड मनाइन्थ्यो ।

 

यो पर्वमा ठूलो उत्सवको माहौल हुन्थ्यो । यो पर्वमा गाउने, नाच्ने, जुवा खेल्नेदेखि विपरित लिङ्गीको कपडा लगाएर हिँड्ने समेत गरिन्थ्यो ।

 

त्यस्तै त्यही समयमा रोमनहरुको प्रभाव नपरेको उत्तरी युरोपका बासिन्दाले ‘युल’ चाड मनाउथे । हिँउले सम्पूर्ण क्षेत्र छपक्कै ढाकिएको यो समय मानिसहरु सूर्यको सम्मान स्वरुप यो पर्व मनाउने गर्थे ।

 

यो पर्वमा त्यो क्षेत्रमा बसोबास गर्ने परिवारले आफूले भेट्ने सबैभन्दा ठूलो मुडा जलाउँथे साथै जाडोका कारण उत्पन्न हुने डिप्रेसनको भावना हटाउनको लागि हरियो वनस्पतिलाई चाड मान्नेहरुको छेउमा राख्थे ।
के जेसस क्राइस्टको जन्म डिसेम्बर २५ मानै भएको थियो ?

खासमा डिसेम्बर २५ मा जिससको जन्मदिन भएको भन्ने कुनै प्रमाण छैन । उनको निश्चित जन्मदिन कसैलाई थाहा छैन ।

 

इतिहासकारहरुका अनुसार पाँचौ शताब्दीमा क्रिश्चियानीटीले युरोपमा प्रभुत्व जमाइसक्दा पनि उत्तर युरोपका बासिन्दाले ‘युल’ पर्व छाड्न मानेनन् ।

 

तब क्रिश्चियन नेताहरुले विस्तारै यो लोकप्रिय परम्परालाई जिससको जन्मदिनको उत्सवको रुपमा बदलिदिए ।

यो पर्वमा जिससको जीवनसँग जोड्नु एक हिसाबले क्रिश्चियन पादरीहरुको चलाखी थियो ।

क्रिस्मसमा समयमा हुने हिंसाले कुनै समय अमेरिकामा क्रिसमस प्रतिबन्धित थियो ।

क्रिसमस प्रारम्भिक हजार वर्षसम्म हुलाहाहरुको पर्व मानिन्थ्यो । क्रिसमसको समयमा बेलायतका गल्लीहरु हुलाहा समूहको नियन्त्रणमा हुन्थ्यो ।

 

त्यो समय कुनै जोगीलाई ‘अराजकताको राजा’ घोषणा गरिन्थ्यो । भिडले धनीहरुको घरका ढोका ढोकामा गएर ढकढक्याएर आफूलाई सबैभन्दा राम्रो खाना र पेय दिनको लागि धम्काउँदै हिँड्थ्यो । यदी उनीहरुले त्यसो गर्न मानेनन् भने उनीहरुले ‘क्रिसमसको हिंसा’ भोग्नुपर्ने धम्की दिइन्थ्यो ।

 

यही कारणले शुद्धतावादी प्युरिटनहरुको उल्लेख्य संख्या रहेको अमेरिकी राज्य म्यासाच्युसेटमा क्रिसमसलाई प्रतिबन्ध लगाइएको थियो । साथमा म्यासाचुसेटका छिमेकमा रहेका ६ अन्य अमेरिकी राज्यको उलेख्य भूभागमा क्रिसमसलाई प्रतिबन्ध लगाइएको थियो ।

 

सन् १६५९ देखि १६८१ बीचमा म्यासाचुसेटमा क्रिसमसको बेला यसका कुनै पनि संकेतको प्रयोग गरेमा ५ सिलिङ जरिवाना तिराइन्थ्यो । यो रकम भनेको तत्कालिन समयमा एक श्रमिकको एक हप्ताको कमाई हुन्थ्यो । यो कुराले गर्दा अमेरिकामा क्रिसमस निक्कै अलोकप्रिय भयो ।

 

अमेरिकाको संघीय सरकारले सन् १८७० मा क्रिसमसलाई राष्ट्रिय पर्व घोषणा नगरेसम्म यो व्यवस्था कायम थियो ।

 

अमेरिका र त्यहाँबाट विश्वभरी क्रिसमसको उत्थान

क्रिसमसप्रति रहेको उलेख्य घृणाको अवस्थाबाट अमेरिका सन् १८७० को सरकारको राष्ट्रिय वर्ष घोषणा गर्ने अवस्थासम्म कसरी आइपुग्यो त ?

 

क्रिसमसमाथिको प्रहार क्रिसमस भित्रको प्युरिटन सम्प्रदायबाट आएको थियो । प्युरिटनहरुको मुख्य लक्ष्यनै क्रिश्चियन धर्मभित्र रहेका अन्य धर्मबाट प्रभावित ऋतिथितिहरुलाई हटाएर क्रिश्चियन धर्मलाई शुद्ध बनाउनु थियो ।

 

तर, क्रिश्चियन भित्रकै अन्य सम्प्रदायमा भने क्रिसमसप्रति त्यति धेरै घृणाको भावना थिएन ।

अमेरिकामा क्रिसमसप्रतिको घृणाको भावना १९ औँ शताब्दीको अन्त्यसम्म निक्कै कम भइरहेको थियो । यसमा यो अवधिमा त्यहाँको जनसंख्यामा आएको उलेख्य फेरबदलको प्रमुख भूमिका थियो ।

 

१९ औं शताब्दीको मध्यतिर छोटो समयमै १५ लाख क्याथोलिक धर्म मान्ने आइरिसहरु अमेरिका बसाई सरेर आईपुगे । त्यो समय आयरल्याण्डमा आएको ठूलो भोकमरीले ठूलो जनसंख्यालाई बसाईसराई गर्न उत्प्रेरित गरेको थियो ।

 

उनीहरुले आफूसँगै युरोपमा मान्ने गरेको क्रिश्चियन परम्पराहरु पनि अमेरिका ल्याए । विस्तारै उनीहरुको प्रभावले गर्दा क्रिसमस आम क्रिश्चियनहरुमा स्वीकार्य पर्वमा बदलियो ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...