घरमा छिन् श्रीमती, एउटी गर्लफ्रेण्डसँग लाखौं ठगे, त्यही पैसाले अर्की गर्लफ्रेण्डको गर्भपतन



हाम्रो इकोनोमि

 

घरमा श्रीमती भएका एक युवकले बाहिर २ वटी गर्लफ्रेण्ड राखेर तीनै जनालाई झुक्याएको अनौठो रहस्य खुलेको छ ।

ती तीनैजना महिलालाई ती युवकको कर्तुतबारे पत्तै थिएन ।

मुम्बइमा यस्तो आश्चर्यजनक घटना भएको ‘मिड डे’ले लेखेको छ ।

ती युवकले एक गर्लफ्रेण्डसँग झुक्याएर साढे ६ लाख भारु लिएर अर्की गर्लफ्रेण्डको गर्भपतन गराएको समाचारमा उल्लेख छ ।

ती युवकले गर्लफ्रेण्डसँग लिएका साढे ६ लाख मध्ये ६० हजार गर्भपतनमा खर्च गरेका थिए ।

मुम्बइको कान्दीवलीमा बस्ने २३ वर्षका पश्विन पाण्डे नामका ती युवकलाई मुम्बइ पुलिसले पक्राउ गरेको छ ।

उनलाई भोलि २६ जवरीसम्मको लागि पुलिस कस्टडीमा राखिनेछ । भोलि उनको अदालतमा पेशी छ ।

रोचक त के भने ती युवककी घरमा पनि श्रीमती छिन् ।

उनी श्रीमती र परिवारका अन्य सदस्यसँगै मुम्बइको कान्दीवलीमा बस्थे ।

उनको घरमा भएकी श्रीमतीसँग सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...