नेकपाको नियतमाथि शंका



 

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश चोलेन्द्रशमशेर जबराको सार्वजनिक सुनुवाइका लागि पुस ११ गते बिहीबार उजुरी आह्वान गरिएको छ । यो त एउटा कर्मकाण्डी प्रक्रिया मात्रै हो ।

 

जबराजस्ता विवादास्पद न्यायाधीशलाई सर्वोच्च अदालतजस्तो सम्मानित संस्थाको प्रधानन्यायाधीशजस्तो गरिमामय पद सुम्पने कि नसुम्पने भन्ने कुरा नेकपाका शीर्ष नेता र सांसदहरुको नैतिकतामा भर पर्ने कुरा हो ।

किनभने, जबरालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गर्दा तत्कालीन एमाले र माओवादीका सांसदहरुले अस्वीकार गरेका थिए । त्यतिबेला आफ्नै पार्टीका सांसदले अस्वीकार गरेका न्यायाधीशलाई अहिले नेकपाका सांसदहरुले कुन नैतिकताका आधारमा प्रधानन्यायाधीशमा स्वीकार गर्लान् भन्ने कुरा प्रतिक्षाकै विषय बनेको छ ।

नेकपाका नेता र सांसदहरुको नियतमाथि शंका नगर्ने हो भने राणाको हकमा संसदीय सुनुवाइ समितिले विवेक पु¥याएर निर्णय गर्नेछन् भन्ने विश्वास गर्नुपर्ने हुन्छ । किनभने न्यायालयलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि यस अगाडि प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीको नाम सार्वजनिक सुनुवाइ समितिले अस्वीकार गरेको थियो । यो नजिरलाई हेर्दा जोशीभन्दा पनि बढी विवादास्पद राणालाई नेकपाका सांसदहरुले स्वीकार गर्लान् भनेर विश्वास गरिहाल्नु हुँदैन ।

 

तर, पनि कताकता राणाको हकमा नेकपा नेताहरु कतैबाट प्रभावित भएका हुन् कि भन्ने आशंका  जन्मिएको छ । त्यो आशंका प्रमाणित भएमा दुईतिहाइको सरकार इतिहासमै कलंकित र असफल बन्नेछ ।

जनताले राम्रो काम गर्लान् भन्ने विश्वासका साथ दुईतिहाइ मत दिएको नेकपाको सरकारले राणाजस्तो विवादास्पद न्यायाधीशलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनाएर कलंकको टीका लगाउलान् भन्ने विश्वास जनताले गरेका छैनन् । राणाविरुद्ध सुनुवाइ समितिमा उजुरी पर्नु नपर्नु ठूलो कुरा होइन । ठूलो कुरा त उनले आफ्नो जीवनमा गरेका न्याय सम्पादन कस्तो छ भन्ने नै हो ।

 

यदि राणा स्वच्छ, सक्षम, योग्य र नैतिकवान व्यक्ति थिए भने उनीविरुद्ध तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र सुशीला कार्कीले न्याय परिषद्बाट कारवाहीका लागि छानबिन गर्नुपर्ने थिएन । अझ भन्ने हो भने त श्रेष्ठले त्यतिबेलै राणामाथि कारवाहीको तयारी गरेका थिए । जुन प्रमाण अहिले पनि न्याय परिषद्मा सुरक्षित छ ।

वास्तवमा संवैधानिक परिषद्ले राणाको नाम सिफारिस गर्नु अगाडि न्यायपरिषद्बाट उनको फाइल झिकाएर अध्ययन गर्नुपथ्र्यो । राणाको विकल्पका विषयमा सोच्नु पथ्र्यो । अहिले पनि कुरो बिग्रिएको छैन ।

 

सरकारसँग दुईतिहाइको बहुमत छ । संविधान संशोधन गरेरै भए पनि न्यायालयको इज्जत, प्रतिष्ठा र विश्वास जोगाउन पहल नेकपाको सरकारले गर्नुपर्छ । अन्यथा, प्रधानमन्त्री ओलीले भन्ने गरेको भ्रष्टाचारीलाई ठाउँका ठाउँ कारवाही गर्ने कुरा हात्तीको देखाउने दाँत सावित हुनेछ ।

 

एक जना पूर्वप्रधानन्यायाधीशले त प्रधानमन्त्रीलाई भेटेरै राणाको विकल्प खोज्न आग्रह गरेका थिए । उनले त्यति मात्र होइन राणालाई न्यायालयको जिम्मा लगाउने हो भने चार वर्षभित्र ‘सिस्टम’ नै ‘कोल्याप्स’ हुने संकेत गरेका थिए ।

 

उनको कुरामा सत्यता किन पनि छ भने दुईतिहाइको सरकार प्रतिपक्षले चाहेर ढल्ने अवस्था छैन । त्यसो भएको हुनाले सरकारलाई अप्ठेरो र असफल पार्ने काम न्यायालयबाट मात्रै सम्भव छ । नेकपाको सरकारविरुद्ध देशी विदेशी शक्ति लागिरहेको बेला कुनै पनि हालतमा सर्वोच्चको प्रधानन्यायाधीशजस्तो पद एक जना विवादास्पद, भ्रष्ट चरित्र भएको व्यक्तिलाई सुम्पनु हुँदैन ।

 

०५१ सालमा एमालेको नौ महिने सरकार पनि प्रतिपक्षले ढालेका होइनन् । एमालेको नौ महिने सरकार अल्पमतमा भए पनि त्यो सरकार ढाल्न विदेशी शक्तिले सर्वोच्च अदालतलाई नै प्रयोग गरेको कुरा यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्सनु हुँदैन ।

शम्भु श्रेष्ठ दृष्टि न्यूज

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्